एनपीएलका मार्की खेलाडीको फ्रेन्चाइजी छनौट आज

काठमाडौँ- नेपाल क्रिकेट संघ (क्यान)ले आयोजना गर्ने नेपाल प्रिमियर लिग (एनपिएल)का आठ मार्की खेलाडीको 'लक्की ड्र' आज हुँदैछ ।
शुक्रबार क्यानले राष्ट्रिय टिमका कप्तान रोहित पौडेल, सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ सेख, करण केसी, दिपेन्द्र सिंह ऐरी, सोमपाल कामी र कुशल मल्ललाई एनपीएलको मार्की खेलाडी घोषणा गरेको थियो ।
एनपीएलमा सहभागी आठ फ्रेन्चाईजी पोखरा, काठमाडौँ, जनकपुर, लुम्बिनी, चितवन, सुदूरपश्चिम, विराटनगर र कर्णालीले आठ मार्की खेलाडीलाई 'लक्की ड्र'बाट आफ्नो टिममा सामेल गराउने क्यानले जनाएको छ । क्यानले आज दिउँसो १ बजे 'लक्की ड्र' कार्यक्रममार्फत मार्की खेलाडी कुन फ्रेन्चाइजीबाट खेल्छन् भन्ने टुंगो लगाउने जनाएको छ ।
मार्की खेलाडी तीन वर्षका लागि फ्रेन्चाईजीमा रहने तर हरेक सिजनको अन्त्यपछि रिलिज गर्न चाहेमा रिलिज गर्न सक्ने क्यानले बताएको छ ।
एनपीएल आगामी मंसिर १५ देखि पुष ६ गतेसम्म हुने तालिका छ ।

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

नेपाली महिला क्रिकेट आज बहराइनसँग भिड्दै

भारतीय क्रिकेटर शिखर धवन प्रेममा

प्रतिक्रिया