काठमाडौँका यी स्थानमा आज विद्युत् अवरूद्ध हुने

काठमाडौँ- काठमाडौँका विभिन्न स्थानहरूमा आज विद्युत् अवरूद्ध हुने भएको छ ।
विद्युत् प्राधिकरणले सूचना जारी गर्दै रत्नपार्क वितरण केन्द्रको असन र महाबौद्ध फिडर अन्तर्गत पर्ने विभिन्न स्थानमा तीनदेखि पाँच घण्टा विद्युत् अवरूद्ध हुने जानकारी दिएको हो ।
असन फिडर अन्तर्गत रत्नपार्क बगैंचाभित्र, भोटाहिटी साझा भण्डार, असनचोक, बाङ्गेमुढा, भेडासिंह, ईन्द्रचोक, सुरज आर्केड अगाडि, मसला गल्लीको मोडसम्मको क्षेत्रमा शनिबार दिउँसो २ बजेदेखि साँझ ५ बजेसम्म विद्युत् अवरूद्ध हुने प्राधिकरणले जनाएको छ ।
रत्नपार्क वितरण केन्द्रकै महाबौद्ध फिडर अन्तर्गत महाबौद्ध सबस्टेशनभित्र, न्युरोड गेट, रन्जना हल, विशालबजार सबस्टेशनभित्र, विशाल बजार अगाडि, गणेश , स्थान ट्रमा हस्पिटल पछाडि केबुल हेडसम्मका क्षेत्रमा बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म विद्युत् अवरूद्ध हुने प्राधिकरणले जनाएको छ।
ती ठाउँहरूमा भूमिगत तारसम्बन्धी कामका लागि फिडर सटनडाउनमा राख्नुपर्ने भएकाले विद्युत् अवरूद्ध हुने प्राधिकरणले जनाएको छ।

राष्ट्रिय प्रसारण ‘ग्रीड कम्पनी’ र पाँच जलविद्युत् कम्पनीबीच ‘ग्रीड कनेक्सन’ सम्झौता

लमजुङमा १७ आयोजनाबाट विद्युत् उत्पादन

प्रसारण लाइन निर्माणमा प्राविधिक त्रुटि ?

माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा

भारतबाट विद्युत् आयातको समय थप चार घण्टा बढाइयो

राहुघाट जलविद्युत् आयोजना सकियो, परीक्षण उत्पादन हुँदै

विद्युतीय दुर्घटनाबाट मृत्यु हुनेका परिवारलाई १० लाखसम्म राहत दिइने

प्रतिक्रिया