कामना सेवा विकास बैंकको लाभांश घोषणा

काठमाडौँ- कामना सेवा विकास बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८०/८१ को लाभांश घोषणा गरेको छ । कम्पनीले गत वर्षको मुनाफाबाट ७ प्रतिशत बोनस शेयर र कर प्रयोजन समेतका लागि ५ प्रतिशत गरी कुल १२ प्रतिशत लाभांश घोषणा गरेको हो ।
भदौ २८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण गर्ने गरी उक्त लाभांश प्रस्ताव गरेको हो ।
हाल कम्पनीको चुक्तापूँजी ३ अर्ब २८ करोड ११ लाख ६४ हजार रुपैयाँ छ । सोही पूँजीको आधारमा कम्पनीले लाभांश वितरण गर्नेछ । यस वर्ष कम्पनीको लाभांश बढेको हो । गत वर्ष भने कम्पनीले ४ दशमलव ४१ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव २३२१ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

‘नबिल सस्टेनेबल बैंकिङ’ पाँचौ वर्षमा प्रवेश, नबिल ग्रीन विक मनाइँदै

सोमबारका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर

ग्लोबल आइएमई बैंकले अन्तर्राष्ट्रिय लघु, साना तथा मझौला व्यवसाय दिवस तथा ग्लोबल…

नबिल बैंकको 'नबिल जेन एन' बचत खातामा के-के छ सुविधा ?

नबिल बैंकको 'नबिल जेन एन' बचत खातामा के-के छ सुविधा ?

ग्लोबल आइएमईका ग्राहकलाई आइएमई हस्पिटालिटी र इला होटल एण्ड रिसोर्टमा १५ प्रतिश…

आर्थिक कूटनीति प्रभावकारी बनाउन सरकार र अनररी कन्सुलर कर्पस्बिच सहकार्य आवश्यक:…

प्रतिक्रिया