हिंसा शब्दको विवादका कारण प्रतिनिधिसभाको बैठक प्रभावित

काठमाडौँ - हिंसा शब्दको विवादका कारण प्रतिनिधिसभाको बैठक प्रभावित भएको छ ।
एमाले सांसद योगेश भट्टराईले बोलेको हिंसा शब्द संसद्को रेकर्डबाट नहटाएसम्म सदन अवरोध गर्ने माओवादी अडानका कारण आइतबार बोलाएको प्रतिनिधिसभा बैठक सूचना टाँस गरि स्थगित गरिएको हो ।
आइतबार दिउँसो १ बजे बोलाएको बैठक दलहरूबीच सहमति खोज्ने भन्दै सवा तीन बजेका लागि सारिएको थियो । तर सहमति खोज्ने प्रयास असफल भएपछि बैठक सूचना टाँस गरि सोमबार दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको हो ।
माओवादी हिंसा शब्द संसदीय कि असंसदीय भन्ने विवादका कारण यसअघिको संसद बैठक पनि अवरुद्ध भएको थियो । माओवादी केन्द्रले सशस्त्र युद्धलाई अपमानित गर्ने गरी एमालेका सांसद भट्टराईले माओवादी हिंसा शब्द प्रयोग गरेको आरोप लगाएको छ ।
संघीय संसदको संयुक्त बैठक बस्दै, राष्ट्रपति पौडेलले सरकारको नीति तथा कार्यक्रम…

अत्यन्त जरुरी सार्वजनिक महत्वको प्रस्तावमा मन्त्रीले समय नदिएको भन्दै माओवादीको आ…
प्रतिनिधिसभा बैठक बस्दै, भन्सार विधेयक पारित गरिने
शिक्षक र चिकित्सकको माग सम्बोधनका लागि माओवादीसहित चार पार्टीद्वारा संसद्मा ज…
‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ प्रस्ताव’ सर्वसम्मतिले स्वीकृत

७ मिनेट बसेर राष्ट्रिय सभाको बैठक स्थगित

संसद्को अधिवेशन आजदेखि, यस्तो छ सम्भावित कार्यसूची

प्रतिक्रिया