गम्भीर बिष्ट र प्रियंका कार्कीको दमदार अभिनय रहेको 'खोकी लाग्दा हर्रो' सार्वजनिक (भिडियोसहित)

काठमाडौँ - गायक ईश्वर पोखरेल ‘अविरल’ र समीक्षा अधिकारीको स्वरमा सजिएको नयाँ लोकगीत “खोकी लाग्दा हर्रो” सार्वजनिक भएको छ। यो गीत र भिडियोलाई दर्शकले अत्यधिक मन पराएका छन् ।
भाद्र २८, शुक्रबारका दिन सार्वजनिक भएको गीतमा शिव पलाँसको शब्द, प्रमोद पन्तको संगीत र योगेश काजी शाहको एरेञ्ज रहेको छ। स्टुडियो एसएमएस एचडीमा रेकर्डिङ तथा मिक्सिङ गरिएको यो गीतले मौलिकतासँगै मनोरञ्जन दिएको छ।
भिडियोमा चर्चित काेरियोग्राफर तथा अभिनेता गम्भीर बिष्ट र अभिनेत्री प्रियंका कार्कीको जोडदार अभिनय छ । बिष्ट र कार्कीको अभिनय र नृत्यले दर्शकलाई मोहित बनाएको छ । भिडियोमा प्रस्तुत गरिएको कथावस्तुले कलेजको साथीभाइको भेटघाट तथा पिकनिकको झल्को दिन्छ।
बिष्टले कार्कीलाई प्रभावित पार्न खोज्ने हाँस्य शैलीले यो भिडियो निकै रमाइलो छ।
यसअघि सार्वजनिक भएको “ज्वाइँ साहब” नेपाली फिल्मको गीत “कसम बत्तीको” सामाजिक सञ्जालमा भाइरल भएको थियो । जसमा जितु नेपाल, नीति शाह, बुद्धि तामाङ र हिमेश मुख्य भूमिकामा देखिएका थिए। यसपटकको “खोकी लाग्दा हर्रो” ले पनि यस्तै लोकप्रियता पाउने अपेक्षा गरिएको छ।
भिडियोको छायांकन हरियाली वातावरणमा गरिएको छ । यसले भिडियोको सौन्दर्यतालाई अझै बढाएको छ। यो भिडियोको छायांकन नवराज उप्रेतीले गरेका हुन् भने सम्पादन तथा रंगसंयोजन प्रवीण भट्टले गरेका छन्। भिडियोको निर्देशन तथा कोरियोग्राफी गम्भीर बिष्टले गरेका छन्।

संगीत पारखीका लागि 'जुनकिरी'

न्ह्यूको सङ्गीत र मेनुकाको स्वरमा नेपाली क्लासिकल गीत ‘बदमास’ सार्वजनिक

‘नारायणगोपाल युवा संगीत पुरस्कार’ सिवानी मोक्तानले पाइन्

टिकाराम खड्काको शब्द तथा शिव परियारको आवाजमा ‘मलाई जलाउँदा’ सार्वजनिक (भिडि…

‘सर्माइ भागेर’ मा ‘दर्पण छायाँ २’ जोडी पुष्प र सहारा

ब्राजिलियन डीजे 'एलोक' एलओडीमा आउँदै
नाजिर र स्मारिका अभिनित म्युजिक भिडियो ‘पिलेन उडाउनी’ सार्वजनिक

प्रतिक्रिया