प्रधानसेनापति ट्रफि सुरु

काठमाडौँ - नेपाली सेनाको आयोजनामा प्रधानसेनापति ट्रफि–२०८१ खेलकुद प्रतियोगिता आइतबारबाट सुरु भएको छ ।
काठमाडौंको जंगी अड्डा भद्रकालीमा सुरु प्रतियोगिताको प्रधानसेनापति अशोकराज सिग्देलले उद्घाटन गरे ।
प्रतियोगिता अन्तर्गत आइतबार सम्पन्न महिला ८०० मिटर दौड तथा पुरुष १५०० मिटर दौडका विजेताहरूलाई प्रधान सेनापतिले पुरस्कार वितरण गरे । आश्विन १५ गतेसम्म सञ्चालन हुने यस प्रतियोगितामा पृतना, युद्ध मद्दती बाहिनी र विशेष फौज बाहिनीका जम्मा १४ वटा टिमहरूको सहभागिता रहेको छ ।
प्रतियोगितामा एथलेटिक्स, स्विमिङ, बक्सिङ, तेक्वान्दो, जुडो, भलिबल, बास्केटबल र फुटबल खेलहरू सञ्चालन हुनेछन् । नेपाली सेना भित्र रहेका प्रतिभावान् खेलाडीहरूको पहिचान गरी उनीहरूको सिप विकास गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडीहरू तयार गर्ने उद्देश्यका साथ प्रतियोगिता आयोजना गरिएको नेपाली सेनाले जनाएको छ । वि.सं.२०६५ सालबाट प्रधान सेनापति ट्रफि सुरु भएको थियो ।

रोनाल्डोले क्लब विश्वकप नखेल्ने

नेपाल र स्कटल्याण्ड भिड्दै

फुटबल : हङकङसँग भिड्दै नेपाल

आरिफको शानदार ब्याटिङ, नेपालको शानदार जित

नेपालले आज नेदरल्याण्डसँग खेल्दै

१८ वर्षपछि बेंगलुरुले बन्यो आइपीएल विजेता

प्रतिक्रिया