दोलखामा बोलेरो दुर्घटना हुँदा दुई जनाको मृत्यु

काठमाडौँ - दोलखामा बोलेरो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । गौरीशंकर गाउँपालिका– ४ झ्याकुमा बोलेरो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो ।
वागमती प्रदेश को बा २० च ७२६६ नम्बरको बोलेरो आइतबार बेलुकी दुर्घटना हुँदा गौरीशंकर गाउँपालिका- ३ की ७५ वर्षीय काली शेर्पा र सोही ठाउँ बस्ने ६० वर्षीय पसी शेर्पाको मृत्यु भएको हो । दुर्घटनामा ४ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक सत्रुधनप्रसाद महतोले बताएका छन् ।
उनीहरुको रोल्वालिङ सामुदायिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
दुर्घटनामा सोही ठाउँ बस्ने चालक ३५ वर्षीय मिङमार तामाङ, बोलेरोमा सवार ३५ वर्षीय निङमा शेर्पा, ६५ वर्षीय अनसु शेर्पा र २२ वर्षी डोम्म शेर्पा घाइते भएका छन् । उनीहरूको उपचारका लागि सिंगटी प्राथमिक अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ ।

गुल्मीमा हावाहुरीबाट ३६ लाखको क्षति

सुत्केरीको हेलिकप्टबाट उद्धार

तीनकुने घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका आरोपीहरू

भारतीयलाई नागरिकता दिलाउने वडाअध्यक्षलाई पक्राउ नगर्दा स्थानीयले जलाए गृहमन्त्र…

तीनकुन घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका १८ जना

तीनकुने घट्ना प्रकरणः यी हुन ४१ जना पक्राउ परेकाहरू ( नाम सहित )

काठमाडौँका यी-यी ठाउँमा भए कर्फ्यूको आदेश

प्रतिक्रिया