यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौँ- मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसापस अवस्थित रहेको छ । देशभर मनसुनी वायुको प्रभाव संगै पश्चिम बंगाल र आसपास रहेको न्यूनचापिय प्रणालीको आंशिक प्रभाव देखिएको छ ।
हाल देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ। कोशी र मधेश प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ ।
आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। कोशी, बागमती र लुम्बिनी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। कोशी प्रदेशका तराई तथा मधेश प्रदेशका पूर्वी भू-भागका केही स्थानहरूमा हावाहुरीको पनि सम्भावना रहेको छ।
त्यस्तै आज राती देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरुमा तथा बाँकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेशका तराई तथा मधेश प्रदेशका पूर्वी भू-भागका केही स्थानहरूमा हावाहुरीको पनि सम्भावना रहेको छ ।

‘मौलिक संस्कृति मासेर बहुराष्ट्रिय कम्पनी फस्टाउँदैन’

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्प

अन्तर्राष्ट्रिय शान्तिवक्ता भक्तपुरमा

आइतबारदेखि काठमाडौँ उपत्यकामा बदली हुने

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

भूकम्पको दशक : भत्किएका संरचना अझै अधुरा

प्रतिक्रिया