‘जनयुद्ध’लाई अपमानित गर्ने छुट कसैलाई छैनः सांसद बस्नेत

काठमाडौँ - नेकपा (माओवादी केन्द्र)का सांसद शक्तिबहादुर बस्नेतले आफ्नो पार्टीले सञ्चालन गरेको ‘जनयुद्ध’ लाई अपमान गरिएको र याे विगतमा भएका सहमति सम्झौता तथा संविधानको मूल मर्मविपरीत रहेको बताएका छन् ।
प्रतिनिधिसभाको आजको बैठकको सुरुआतमै धारणा राख्दै उनले विगतको सहमति तथा सम्झौता विपरीत सांसदहरूले शब्द प्रयोग गरेको बताए । ‘जनयुद्ध’ले उठाएको एजेण्डाका आधारमा मुलुक आजको दिनमा आइपुगेको स्पष्ट पार्दै उनले गलत भाष्य स्थापित नगर्न ध्यानाकर्षण गराए ।
पूर्वऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री समेत रहेका बस्नेतले अरुण तेस्रो जलविद्युत आयोजनालाई समयमा बन्न दिइएको भए लोडसेडिङ २०६५ सालमै अन्त्य हुने उल्लेख गरे । उनले भने 'सो आयोजना कसले किन बन्न दिएन ? कस्को कारण रोकियो ?'
उनले सत्तारुढ दलका तर्फबाट सदनमा व्यक्त भएको धारणाप्रति स्पष्ट पार्नसमेत अनुरोध गरे । माओवादी केन्द्रका उपमहाससचिव समेत रहेका नेता बस्नेतले इतिहासमा सीमित भएको संविधानसभालाई जनयुद्धले नै स्थापित गरेको बताए । क्रान्तिलाई हिंसाका रुपमा मात्रै लिने हो भने २००७ सालको संघर्षलाई के भन्ने ? २०२८ सालको झापा विद्रोहलाई के भन्ने ? भन्दै उनले प्रश्न गरे ।

रवि लामिछाने भैरहवा कारागार चलान

भृकुटीमण्डपमा गर्न नदिएपछि राप्रपाको सभा अब बल्खुमा हुने

भृकुटीमण्डपमा सभा गर्न नदिएपछि राप्रपाले बोलायो आकस्मिक बैठक

वीरगञ्जलाई आर्थिक राजधानी बनाउनुपर्छ : साह

थाइल्याण्ड भ्रमण : प्रधानमन्त्री ओलीसहित २१ जना जाने

राजेन्द्र लिङ्देनले गणतन्त्रवादीलाई भने : तपाईंहरू मादल बजाएर आएको हो?

संसद्मा विश्वप्रकाशको प्रश्न : तीनकुने घटनाले सबैलाई दुख्दा निर्मल निवासलाई कि…

प्रतिक्रिया