राष्ट्रिय सभाको १६औं अधिवेशनमा १२ वटा विधेयक पारित

काठमाडौँ - राष्ट्रिय सभाको १६ औं अधिवेशनमा १२ वटा विधेयक पारित भएका छन् ।
गत वैशाख २८ गतेबाट सुरु भइ भदौ ३१ गते अन्त्य भएको राष्ट्रिय सभाका जम्मा ४० वटा बैठक बसेको थियो । संघीय संसदको दुवै सदनबाट नेपाल विश्वविद्यालय विधेयक, सार्वजनिक सेवा प्रसारण विधेयक,अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक, खाद्य स्वच्छता तथा गुणस्तर विधेयक, बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक लगायत पारित भएको थियो ।
बैठकमा सवारी दुर्घटना न्यूनीकरण गर्ने सम्बन्धी जरुरी सार्वजनिक महत्त्वको प्रस्तावमाथि सभामा छलफल भई सर्वसम्मतीले स्वीकृत भएको थियो भने प्रधानमन्त्री/मन्त्रीहरूसँग प्रश्नोत्तर कार्यक्रम पनि यसै अधिवेशनबाट सुरु गरिएको राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले जानकारी दिए ।
त्यस्तै हरेक दिन अनिवार्य रुपमा शून्य समय राख्ने कार्यको पनि थालनी भएको थियो ।

संसद र सांसदहरू अन्तरराष्ट्रिय सहकार्यलाई सुदृढ पार्ने साधन पनि हो : सुभामुख …

चालु आवमा १२१ नयाँ कानुन बनाउने सरकारको लक्ष्य

गिरीबन्धु टी–इस्टेटको जग्गा चिया बगानबाहेकका रुपमा प्रयोग गरे स्वतः सरकारको …

संसदमा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकका मुद्दाले स्थान पाउनुपर्छः सभापति सुवेदी

अर्थ मन्त्रालयको अनुमति लिएरै युएसएडसँग सहकार्य गरेका हौँः वित्त आयोग

सभामुख घिमिरे जेनेभा जाँदै, दुईवटा सेशनमा सम्बोधन गर्ने

छानबिन समितिको म्याद एक हप्ता थप

प्रतिक्रिया