राष्ट्रिय पुरुष फुटबल टिमको मुख्य प्रशिक्षकका लागि दरखास्त आव्हान

काठमाडौँ - अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीको मुख्य प्रशिक्षकका लागि दरखास्त आह्वान गरेको छ । सोमबार एन्फाले एक सूचना प्रकाशित गर्दै राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षकका लागि दरखास्त आव्हान गरेको हो ।
मुख्य प्रशिक्षकका लागि प्रो लाइसेन्स होल्डर भएको, ५ देखि १० वर्षको प्रशिक्षण अनुभव प्राप्त प्रशिक्षकले आवेदन दिन सक्ने सूचनामा उल्लेख छ । एन्फाले योग्यता पुगेका व्यक्तिले १५ दिनभित्रमा आवेदन दिन सक्ने उल्लेख गरेको छ ।
एन्फाले हालका प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसको सम्झौता नवीकरण नगर्ने निर्णय गर्दै नयाँ प्रशिक्षक नियुक्त गर्ने प्रक्रिया अगाडि बढाएको हो ।

रोनाल्डोले क्लब विश्वकप नखेल्ने

नेपाल र स्कटल्याण्ड भिड्दै

फुटबल : हङकङसँग भिड्दै नेपाल

आरिफको शानदार ब्याटिङ, नेपालको शानदार जित

नेपालले आज नेदरल्याण्डसँग खेल्दै

१८ वर्षपछि बेंगलुरुले बन्यो आइपीएल विजेता

प्रतिक्रिया