सहकारी ठगी प्रकरणमा मेरो संलग्नता भएको पुष्टि भएन - रवि लामिछाने
काठमाडौँ - राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सहकारी ठगी प्रकरणमा आफ्नो संलग्नता नरहेको पुष्टि भएको बताएका छन् ।
सोमबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै लामिछानेले प्रतिवेदनको पूर्ण स्वरूप हेर्न नपाएपनि सहकारी ठगि प्रकरणमा आफ्नो संलग्नता नरहेको छानबिन समितिले स्पष्ट पारेको बताए ।
गोर्खा मिडियामा लगानीकर्ताले ल्याएको स्रोत हेर्ने काम आफ्नो नभएको भन्दै उनले संस्थामा रहेको रकम एमडीको रुपमा आन्तरिक काममा खर्च गरेको उल्लेख गरे । लामिछानेले वास्तविक सहकारी ठगहरूलाई कारवाही गर्नबाट पछि हट्न नहुने बताए । आफू संस्थामा रहेका बेला संस्थाको रकम दुरुपयोग नभएको उनले दावी गरे ।
त्यस्तै रास्वपाका अन्य नेताहरूले सहकारी हिनामिनाको आरोपमा रवि लामिछाने पूर्णरुपमा निर्दोष रहेको पुष्टि भएको धारणा राखेका छन् ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया