एन्फा महिला लिगमा सुदूरपश्चिम प्रदेशले अर्को हार
काठमाडौँ - राजधानीमा जारी एन्फा महिला लिगमा सुदूरपश्चिम प्रदेशले अर्को हार व्यहोरेको छ ।
सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्समा सोमबार भएको खेलमा सुदूरपश्चिम वालिङ नगरपालिकासँग पराजित भएको हो । खेलमा वालिङले सुदूरपश्चिमलाई ५–१ गोल अन्तरले पराजित गरेको हो । वालिङका लागि भायला नामुद्दुले खेलको १८, ४२ र ४५ औं मिनेटमा गोल गर्दै ह्याट्रिक गरिन् । त्यस्तै ज्याकिलिन नस्सालीले पहिलो हाफमा अर्को गोल गरिन भने सुस्मा तामाङले ५० औ मिनेटमा वालिङका लागि गोल थपिन् ।
सुदूरपश्चिमका लागि एकमात्रै गोल रितिका कार्कीले खेलको ६२ औं मिनेटमा गरेकी थिइन् । जितसंगै वालिङले ६ खेलमा ९ अंक हासिल गरेको छ भने सुदूरपश्चिम समान खेल खेल्दै जित विहीन छ । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजना जारी लिगमा १० टोलीको सहभागिता छ ।

रोनाल्डोले क्लब विश्वकप नखेल्ने

नेपाल र स्कटल्याण्ड भिड्दै

फुटबल : हङकङसँग भिड्दै नेपाल

आरिफको शानदार ब्याटिङ, नेपालको शानदार जित

नेपालले आज नेदरल्याण्डसँग खेल्दै

१८ वर्षपछि बेंगलुरुले बन्यो आइपीएल विजेता

प्रतिक्रिया