सोमबार १६ असार, २०८२
Monday, June 30, 2025

नक्‍कली प्रमाणपत्र पेश गरेर नियुक्ति लिएका इन्जिनियर चौधरीविरुद्ध मुद्दा दायर

फाइल फाेटाे

काठमाडौँ - अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रामधुनी नगरपालिका, सुनसरीमा इन्जिनियर पदमा कार्यरत देवेन्द्र नारायण चौधरीले नक्कली प्रमाणपत्र पेश गरी नियुक्ति लिएको विषयमा मुद्दा दायर गरेको छ ।

अख्तियारले चौधरीले केन्द्रीय माध्यमिक शिक्षा बोर्ड, दिल्ली, भारतबाट प्राप्त गरेको भनिएको शैक्षिक योग्यताको प्रमाणपत्र झुट्टा भएको प्रमाणित भएकोले प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा ९१० अनुसार सजाय मागदाबी गर्दै सोमबार विशेष अदालत, काठमाडौंमा आरोप पत्र दायर गरिएको छ ।