कोरियाग्राफर तथा निर्देशक गम्भीर विष्ट सम्मानित

काठमाडौँ - नृत्य कोरियाग्राफर तथा निर्देशक गम्भीर विष्ट सम्मानित भएका छन् । सोमबार एभरग्रीन वर्ल्डवाईडको १२औं वार्षिकोत्सवको अवसरमा विष्टलाई सम्मान गरिएको हो । झापामा जन्मिएका विष्ट दुई दशकदेखि चलचित्र र म्युजिक भिडियो क्षेत्रका सफल कोरियोग्राफर हुन् ।
नृत्य कोरियोग्राफर तथा निर्देशकका रूपमा ख्याति कमाएका उनको कलात्मक यात्राले नेपाली मनोरञ्जन क्षेत्रमा नयाँ उचाइ कायम गरेको छ। बिस्टले नेपाल चलचित्र नृत्यकार संघ र नेपाल म्युजिक भिडियो निर्देशक समाजका संस्थापक सदस्यका रूपमा आफ्नो महत्त्वपूर्ण योगदान पुर्याएका छन् ।
उनको कोरियोग्राफीले चलचित्र 'लुट' को 'उद्रेको चोली', 'कोहलपुर एक्सप्रेस' को 'सिओडब्ल्यू काउ', 'मञ्जरी' को 'आज मनको कुरा सुन', र 'टलकजंग भर्सेस टुल्के' को 'नाचन मैया नाचन' लगायत गीतहरू चर्चित छन् । यिनै गीतहरूले नेपाली चलचित्र क्षेत्रमा नयाँ आयाम थपेका छन्।
म्युजिक भिडियोतर्फ उनले निर्देशन गरेका 'अलि काँडैले मलाई च्वास्स च्वास्स', 'बुट्टे रुमाल', 'झुम्का झलक्कै', 'फुटेको चुरा', 'तिम्रो फोटो देखाइ देखाइ', 'ए काउली', 'दारी फुल्यो बैँसैमा' जस्ता गीतहरूले करोडौँ दर्शकको मन जितेका छन्।

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया