‘डण्डा देखाएर हामीलाई तर्साइयो’

सुर्खेत : निलम्बनमा परेका कर्णालीका मन्त्रीहरुले एमाले संसदीय दलले सर्वोच्च अदालतप्रति नै अपमान गरेको बताएका छन् । अदालतमा मुद्दा विचाराधीन रहेको अवस्थामा निलम्बन गर्न नहुने उनीहरुको भनाई छ । भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्री कुर्मराज शाहीले आफुहरुले कानुनी बाटो रोज्ने बताए ।
‘हामीलाई डण्डा देखाएर तर्साउन खोजिएको हो’ मन्त्री शाहीले भने, ‘यो भनेको दलको नेताको दम्भ,घण्डीपन र पाखण्डीपन हो ।’
२३ गते सर्वोच्च अदालतले मुद्दा पेसीमा रहेको र अदालतको आदेश अनुसार अघि बढ्न तयार रहेको शाहीले बताए । ‘हामी माननीय हुने नहुने कुरा त २३ गते नै फैसला होला’ शाहीले भने, ‘तर, अहिले उहाँहरुले डण्डा प्रयोग गर्न खोज्नुभएको हो ।’
कृषि मन्त्री शाहीले एमाले विभाजनको सुरुवात कर्णालीबाट भएको बताए । दलको नेताले पार्टी विभाजन गर्न मुख्य भूमिका खेलेको शाहीले आरोप लगाए । कर्णालीमा मुख्यमन्त्री पद माओवादीको भागबण्डामा परेपछिको विवाद भएको शाहीले बताए ।
भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्री अमरबहादुर थापाले निलम्बनको विषयमा कानुनी परामर्श लिइरहेको बताए । ‘हामीले के गर्ने भनेर कानुनी सल्लाह लिइरहेका छौ’ मन्त्री थापाले भने, ‘मानहानी मुद्दा हाल्ने कि के गर्ने विषयमा सल्लाह भइरहेको छ ।’
यता एमालेको आन्तरिक विवादका कारण कर्णाली प्रदेशसभा सहज तरिकाले चल्न सकिरहेको छैन । पटक पटकसम्म सदन अवरुद्ध हुँदा कर्णाली सरकारले ल्याएको बजेटमाथि छलफल हुन सकेको छैन । एमालेले कर्णाली प्रदेशमा दुईवटा एमाले नभएको भन्दै सरकारमा रहेका तीनजनालाई दलमा फर्किन निर्देशन दिएको थियो ।
तर, उनीहरुले संसदीय दल नै अवैधानिक रहेको भन्दै राजीनामा दिएका थिएनन् । एमालेले सोही विषयलाई लिएर प्रदेशसभा चल्नै नदिने चेतावनी दिँदै आएको थियो । अदालतले पुर्नबहाली गरेका सांसदहरु प्रतिपक्षमा नबसेपछि दलको निर्णय मान्न अटेरी गरेको भन्दै एमाले संसदीय दलले तीन मन्त्रीलाई निलम्बन गरेको हो ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया