कोपा अमेरिकामा ब्राजिलको विजयी यात्रामा पूर्णविराम
काठमाडौँ : कोपा अमेरिका फुटबलमा ब्राजिलको विजयी यात्रा सकिएको छ । आइतबार राती भएको खेलमा इक्वेडरसँग एक-एक गोलको बराबरीमा रोकिएसँगै ब्राजिलको विजयी यात्रा सकिएको हो । यसअघिका सबै खेलमा ब्राजिल विजयी भएकाे थियाे ।
खेलमा अग्रता भने ब्राजिलले लिएको थियो । उसका लागि मिलाटोले ३७ औँ मिनेटमा गोल गरेका थिए । इक्वेडरका मिनाले ५३ औँ मिनेटमा बराबरी गोल फर्काए । बराबरीसँगै ब्राजिल १० अंकसहित समूह बी को शीर्ष स्थानमा छ ।
इक्वेडर भने चौथो स्थानमा छ । गएराती नै भएको अर्को खेलमा पेरुले भेनेजुयलालाई १-० गोलले हराएको छ ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया