दोस्रो टी-ट्वान्टीमा दक्षिण अफ्रिका विजयी
काठमाडौँ : वेष्ट इन्डिजसँगको दोस्रो टी–ट्वान्टी क्रिकेटमा दक्षिण अफ्रिका विजयी भएको छ । गएराती भएको खेलमा दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई १६ रनले हराएको हो । १६७ रनको लक्ष्य पछ्याएको वेष्ट इन्डिज निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १५० रनमा सिमित भएपछि दक्षिण अफ्रिका विजयी भयो ।
यसअघि पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित ओभरमा ७ विकेट गुमाएर १६६ रन बनाएको थियो । जितसँगै दक्षिण अफ्रिकाले पाँच खेलको टी–ट्वान्टी क्रिकेट सिरिज एक–एकको बराबरीमा ल्याएको छ । पहिलो टी–ट्वान्टीमा वेष्ट इन्डिज विजयी भएको थियो ।

म्याग्दी भलिबल कप : आयोजकलाई हराउँदै स्याङ्जा विजयी

द्वारिकादेवी ठकुरानी महिला क्रिकेट बिहीबारदेखि

सन्दीपको टिमलाई ब्रिज कपको उपाधि

सिरिजको अन्तिम खेलमा स्कटल्याण्डसँग नेपाल पराजित

स्कटल्याण्डले दियो नेपाललाई १९४ रनको लक्ष्य
सिरिज जित्ने लक्ष्यका साथ नेपाल र स्कटल्याण्ड आज अन्तिम खेल खेल्दै

प्रतिक्रिया