छक्का पञ्जा ५ को ‘ब्रेकअप गीत’ सार्वजनिक (भिडियोसहित)
काठमाडौँ - छक्का पञ्जा-५ चलचित्रको नयाँ गीत सार्वजनिक भएको छ। आज छक्का पञ्जा-५ को ‘ब्रेकअप गीत’ को म्युजिक भिडियो सार्वजनिक भएको हो । याे गीतको शब्द, गायन र संगीत बाबुल गिरीले गरेका छन् । गीतमा कृष्ण भट्टराई र आयुष खतिवडाको कोरस रहेको छ।
म्युजिक भिडियोको कोरियोग्राफी गम्भीर बिष्टले गरेका छन् भने सहायक कोरियोग्राफी सुरेन्द्र बसेलले गरेका छन्। यसमा विशेष भूमिकामा मेक्सम गौडेल, सुरवीर पण्डित (दाह्री बा) छन् । उनीहरूको भूमिकाले गीतलाई मसला थपेको छ ।
गिटारमा एभोन ठकुरी, मादलमा अनिल मगर, बाँसुरीमा सञ्जीव मैनाली र सारङ्गीमा हेमन्त कान्छाको वादन रहेको छ।
भिडियोमा दिपकराज गिरी, केदार प्रसाद घिमिरे (माग्ने बुढा) , दिपाश्री निरौला र बर्सा सिवाकोटीको अभिनय रहेकाे छ ।
दिपकलाई सबैले भूवन केसी जस्तै डान्स गर्ने भनेर सामाजिक सञ्जालमा उडाएपनि आजको यो भिडियोले सबैको मुखमा ताला लागेकाे छ । विष्टको निर्देशनमा दिपक, माग्ने बुढा र दाह्री बाको उत्कृष्ट अभिनय देख्न सकिन्छ । हरेक चलचित्रमा प्रेम गीतका साथै ब्रेकअप गीत निकालेर दिपक र दिपाले नयाँ टेस्ट दिएका छन् ।
भिडियो हल्का कमेडी, मर्मस्पर्शी र समसामयिक छ । गीतमा केटा पक्षले आरोप माथि आरोप लगाएपछि दीपाले आफ्नो जोवन फिर्ता माग्छिन् । यतिकैमा भिडियो सकिन्छ।
चलचित्र छक्का पञ्जा ५ लाई दिपाश्री निरौलाले निर्देशन गरेकी छन्। यो गीतको डिजिटल अधिकार ओएसआर डिजिटलले राखेको छ।
छक्का पञ्जा ५ असोज २४ गते बाट हलहरूमा लाग्दैछ । ठूलो प्रतीक्षामा रहेको यो चलचित्रले नेपाली सिने क्षेत्रको नयाँ कीर्तिमान राख्ने विश्वास गरिएको छ। यसका पहिलाका सिरिजहरूले पनि दर्शकको मन जित्न सफल भएका थिए ।

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया