देशभर हर्षोल्लासका साथ मनाइयो संविधान दिवस (फोटो फिचर)

काठमाडौँ- संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ आज स्वदेश तथा विदेशमा विभिन्न कार्यक्रम गरी हर्षोल्लासका साथ मनाइएको छ ।
संविधान दिवसका उपलक्ष्यमा सङ्घ, प्रदेश र स्थानीय सरकार, राजनीतिक दल, गैरसरकारी सङ्घ–संस्था, नागरिक समाज, निजी क्षेत्र र सामाजिक संस्थाद्वारा पनि विभिन्न कार्यक्रमको आयोजना गरिएको थियो । विदेशस्थित नेपाली कूटनीतिक नियोगमा पनि संविधान दिवसका कार्यक्रम भइरहेका छन् ।
नेपाली जनताको सात दशक लामो सङ्घर्ष, बलिदान र जनआन्दोलनको उपलब्धिका रूपमा गठन भएको संविधानसभाबाट विस २०७२ असोज ३ गते सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएको थियो ।
पैँतिस भाग ३०८ धारा र ९ अनुसूचीमा लिपिबद्ध नेपालको संविधानले सङ्घीय लोकतान्त्रिक गणतन्त्र, समावेशी लोकतन्त्र, समानुपातिक समावेशी प्रतिनिधित्व, धर्मनिरपेक्षतालगायत पक्षलाई आत्मसात गरेको संविधानले लोकतान्त्रिक मूल्य–मान्यतामा आधारित समाजवादप्रति प्रतिबद्ध रही समृद्ध राष्ट्र निर्माण गर्ने अठोट गरेको छ ।
सरकारले संविधान जारी भएको उक्त दिनलाई प्रत्येक वर्ष संविधान दिवस तथा राष्ट्रिय दिवसका रूपमा मनाउँदै आएको छ । ‘जनताद्वारा जनताका लागि शासन गर्ने’ सम्पूर्ण संवैधानिक व्यवस्थासहित जारी नेपालको संविधान कार्यान्वयनमा आएको आजै नौ वर्ष पूरा भएको छ ।
तस्बिरहरू : रासस

नेपालमा लगानीका लागि सुरक्षित र विश्वसनीय वातावरण आवश्यकः सभापति देउवा

आगामी आमनिर्वाचनमा आफ्नो पार्टीबाहेकको चुनाव चिन्हमा मत हाल्ने अवस्था आउँदैनः …
एमालेमा आफ्नो भूमिकाबारे केन्द्रीय कमिटीले निर्णय गर्नेछः भण्डारी

सीपयुक्त युवा नै समृद्ध राष्ट्रका आधारस्तम्भ: नेता नैनसिंह महर

७८ लाख घुस काण्डमा मुछिएका मन्त्री राजकुमार गुप्ताले दिए राजीनामा

विचौलियाले मन्त्रीक्वाटरमा घुसको ब्रिफकेस छाड्छन्, हामी कांग्रेस साक्षी किनाराका…

दुवै सदनको बैठक बस्दै, सम्भावित कार्यसूचीमा के छ ?

प्रतिक्रिया