‘शासन व्यवस्थालाई सुदृढीकरण गर्दै विकासको मार्गमा लैजानुपर्नेमा जोड’

सुदूरपश्चिम- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सङ्घीय लोकतान्त्रिक शासन व्यवस्थालाई सुदृढीकरण बनाउँदै देशलाई विकास र समृद्धिको मार्गमा लैजानुपर्नेमा जोड दिएका छन् ।
बिहीबार धनगढीमा आयोजित संविधान दिवस तथा राष्ट्रिय एकता दिवस समारोहमा उनले संविधान जारी भएसँगै मुलुक दिगो शान्ति, विकास र समृद्धिको मार्ग गएको बताएका हुन् ।
संविधान दिवस मूल समारोह समितिका संयोजकसमेत रहनुभएका मुख्यमन्त्री शाहले भने, “संविधानले निर्दिष्ट गरेको बाटोमा हिँड्न सबैबीच सहकार्य र समन्वय आवश्यक छ । मुलुकको समग्र विकास गरी जनतामा आशा जगाउन सबै दलबीच आपसी एकता र समन्वय जरुरी छ ।”
आन्तरिक मामिला तथा कानुनमन्त्री हिरा सार्कीले संविधान जारी भएसँगै नागरिकको राजनैतिक अधिकारका लागि गरिने सङ्घर्षको चरण पूरा भएको बताए । उनले आगामी दिनमा प्रदेशलाई आर्थिक, भौतिक, सामाजिक न्यायको समृद्धिमा लैजाने दायित्व प्रदेश सरकारको रहेको बताएका हुन् ।
समारोहमा विभिन्न जातजातिको संस्कृति झल्किने सांस्कृतिक नृत्य प्रस्तुत गरिएको थियो । समारोहमा प्रदेश प्रमुख नजिर मियाँ, सभामुख भीमबहादुर भण्डारीलगायत प्रदेश सरकारका मन्त्री, कर्मचारी, विद्यालयका छात्रछात्रा र सर्वसाधारणको उपस्थिति थियो । यसअघि धनगढीको सहीद गेटबाट प्रभातफेरी गरिएको थियो ।

विकासका आयोजना निर्माणको कार्यशैली परिवर्तन गर्न प्रधानमन्त्रीको निर्देशन

विद्युत् उत्पादन वृद्धि गर्दा खरिदको सुनिश्चितता महत्त्वपूर्ण हुन्छ: अर्थमन्त्री पौडेल

मुलुकको अर्थतन्त्रमा सुधार भएको छ : प्रधानमन्त्री ओली

मुलुकको अर्थतन्त्र सुधार हुँदैछ, निराश हुनुपर्दैनः अर्थमन्त्री पौडेल

एनपिएल आयोजनाको तयारीमा ध्यान दिन राखेपलाई प्रधानमन्त्रीको आग्रह

मुलुकको अर्थतन्त्र चालु बर्षमा ४ खर्बले बढयो, पुग्यो ६१ खर्ब

परराष्ट्र मन्त्रालयले भन्यो– ‘स्पेनबाट सबै फर्किएका छन्, भ्रममा नपरौँ’

प्रतिक्रिया