बंगलादेशविरुद्धको टेस्टमा आर आश्विनको शतक

काठमाडौँ - भारतीय स्पिन बल आर आश्विनले बंगलादेशविरुद्धको टेस्ट क्रिकेटमा शतक प्रहार गरेका छन् ।
भारत टूरमा आएको बंगलादेशसँग आजदेखि शुरु भएको पहिलो टेस्टको पहिलो दिन भारतले ६ विकेट गुमाएर ३३९ रन बनाएको छ । पहिलो दिनको खेल सकिँदा आश्विनले १०२ रन बनाएर खेलिरहेका छन् । आश्विनको टेस्ट क्रिकेटमा यो छैटौं शतक हो ।
केवल ३४ रन बनाएर ३ विकेट गुमाएको भारतले १४४ रन बनाउँदा ६ विकेट गुमाएको थियो । त्यसपछि आश्विन र रविन्द्र जडेजाले सातौं विकेटका लागि १९५ रनको साझेदारी गरेर खेलिरहेका छन् ।
जडेजाले अविजित ८६ रन बनाएर अविजित छन् । भारतका लागि यशस्वी जैसवालले ५६ रन बनाएका थिए भने ऋषव पन्तले ३९ रन बनाएका थिए ।
त्यसैगरी बंगलादेशका बलर हसन महमुदले ४ विकेट लिए भने नहिद राना र मेहिदी हसन मिराजले एक एक विकेट लिएका थिए ।

आइपीएल : १४ वर्षीय वैभव सूर्यवंशीले थप खेल्न पाएको भए बनाउँथे धेरै रेकर्ड
_FOV0S3pBWT_8sp0hdgnhkn4j5wvepz7bdeb8wnzm37mrf1vzn9g3h8mvf7taxc7ocddxmoo_scDERvAfr5_syyipfcr9ajiicf1sw6ephfrrykwtj6diu7rrk2lft1bxdrioi93xsbuxqhm.jpeg)
कति बन्यो कीर्तिपुर क्रिकेट रंगशाला ? तस्बिरमा हेर्नुहोस्

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

प्रतिक्रिया