सहज ढङ्गले व्यवसाय सञ्चालनका लागि महानगरसँग कबाड व्यवसायीको माग

काठमाडौँ - कबाड व्यवसायी समाजले सहज र सरल ढङ्गले व्यवसाय सञ्चालनका लागि सहयोग गर्न काठमाडौँ महानगरपालिकाको ध्यानाकर्षण गराएको छ । आज बृहत् भेलागरी महानगरका नगरप्रमुख बालेन शाहको ध्यानाकर्षण गराइएको समाजका अध्यक्ष रामकेवल गुप्ताले जानकारी दिए ।
उनले प्रचलित कानुनबमोजिम दर्ता नवीकरण गराउन चाहेका कबाड व्यवसायलाई दर्ता नवीकरण गराउन माग गरे । महानगरका वडा कार्यालयले कबाड व्यवसायको दर्ता नवीकरण नगरेको र वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा महानगरले कबाडी व्यवसायमा दर्ता गर्न रोक लगाएको उनले दाबी गरे । भेलामा आम आदमी पार्टीका अध्यक्ष प्रमुख साहलगायत नेताहरूको पनि उपस्थिति थियो ।
कबाड व्यवसायमा आबद्ध व्यक्तिलाई बेरोजगार बनाइरहेको छ र पेसा व्यवसाय गर्न पाउने हकको हनन गरेको, स्वतन्त्र रुपमा आफ्नो व्यवसाय गर्न पाउने हकको सुनिश्चित हुनुपर्ने माग समाजले गरेको छ ।
कारागारभित्रै सीप सिकेर कमाउँछ कैदीबन्दीहरू

कान्तिलोकपथ सडक वैशाख १८ गतेदेखि जेठ १ गतेसम्म बन्द गरिने

बनेपामा नवदुर्गा जात्रा मनाइँदै

चन्द्रागिरि नगरपालिकाको स्वैच्छिक मूल्याङ्कन कार्ययोजना ढाँचा प्रतिवेदन सार्वजनिक

विपन्न नागरिकलाई घर बनाउँदै भरतपुर महानगर
काभ्रेमा रगतको चरम अभाव, बिरामी समस्यामा

प्रधानमन्त्रीकै अगाडि रेनुले भनिन्- विकास निर्माणमा राजनीति नगरौँ, भरतपुर सडक…

प्रतिक्रिया