म्याग्दीको मंगला गाउँपालिकाको कुहुँ सिल
बेनी : म्याग्दीको मङ्गला गाउँपालिका–१ मा पर्ने कुहुँलाई १० दिन सिल गरिएको छ । कुहुँ र पूर्णगाउँमा एकै दिन लक्षणसहितका ३९ जना कोरोना सङ्क्रमित भेटिएपछि नियन्त्रणका लागि वडाबाहिर र एकदेखि अर्को टोलमा आवतजावत बन्द गरिएको हो । गाउँपालिकाले आइतबार जारी गरेको सूचनामा कुहुँमा एम्बुलेन्स, बिरामी बोक्न प्रयोग भएको गाडी, औषधि र विकास आयोजनाका सामग्री बोकेका बाहेकका गाडी र मानिसको आवतजावतलाई बन्द गरिएको उल्लेख छ ।
निमित्त प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र आचार्यले कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन यही असार २३ गतेसम्मका लागि कुहुँ वडा सिल गरिएको जानकारी दिए । वडा कार्यलय तथा सहकारीको सेवा बन्द भएको छ । खाद्यान्नका सामग्री गाउँपालिकाको सहमति लिएर तोकिएको समयमा ढुवानी गर्नुपर्नेछ ।
आइतबार वडाध्यक्ष डेकबहादुर राम्जाली र कर्मचारीसहित ३९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । उन्चालीस जनाको परीक्षण गर्दा सबैमा कोरोना सङ्क्रमण पुष्टि भएको स्थानीय अगुवा एकजित रोकाले बताउनुभयो । सङ्क्रमित सबैमा ज्वरो आउने तथा रुघाखोकी लाग्ने जस्ता लक्षण देखिएको छ ।
गाउँपालिकाको निर्देशन नमान्नेलाई सवारी साधन नियन्त्रणमा लिने र कारबाहीका लागि प्रशासनमा बुझाइने बताइएको छ । गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोका, कार्यपालिका सदस्य डिलकुमारी खत्री र कुहुँ स्वास्थ्य चौकीका प्रमुख माया अधिकारीको टोलीले होम आइसोलेशनमा बसेका सङ्क्रमितको स्वास्थ्य अवस्थाबारेमा जानकारी लिएका छन् ।
पछिल्लो केही हप्ता घट्दै गएको कोरोनाको सङ्क्रमणदर एकै पटक ह्वात्तै बढेपछि सरोकारवाला झस्किएका छन् । स्वास्थ्य कार्यालय म्याग्दीका अनुसार हालसम्म जिल्लाभर कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या दुई हजार ४३४ जना पुगेको छ । हाल १२६ जना सक्रिय सङ्क्रमित छन् । रासस
गण्डकी प्रदेशको ‘लाइफलाइन’ पोखरा–मुग्लिन सडक विस्तार अन्तिम चरणमा

२३ वर्षअघि ‘ट्याक’ खुलेको रत्नेचौर–भकुण्डे सडक कालोपत्रको तयारी

मुग्लिन पोखरा सडक : दमौली बजारस्थित बागबजार खण्डमा दोस्रो चरणको कालोपत्र सुरु

बेनी–दरवाङ सडकः आठ वर्षमा १७ किलोमिटर कालोपत्र

मुस्ताङ भ्रमण गर्ने विदेशी पर्यटक ५० प्रतिशतले बढे

म्याग्दीमा ‘आमा समूहसँग उपमेयर’ कार्यक्रम

प्रतिक्रिया