निषेधाज्ञाबारे निर्णय गर्न काठमाडौँ उपत्यकाका सिडिओको बैठक बस्दै
काठमाडौँ : काठमाडौँ उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ)हरुको बैठक बस्दैछ । निषेधाज्ञाबारे निर्णय गर्न काठमाडौँ, ललितपुर र भक्तपुर जिल्लाका सिडिओहरूको बैठक बस्न लागेको हो ।
पछिल्लो पटक थपेको निषेधाज्ञाको समय आज राति १२ बजेदेखि सकिँदै छ ।
जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रले सार्वजनिक यातायात सञ्चालनमा सहजीकरण तथा पसलहरुलाई नियमित खोल्नुपर्ने लगायतका सुझावहरू दिएको भएपनि उपत्यकाको ३ वटै जिल्लाको आ-आफ्नो वस्तुस्थितिलाई हेरेर निर्णय गर्नुपर्ने भएकाले आफुहरु परामर्शमै रहेका छन् ।
उपत्यकामा संक्रमण दर घटेको भए पनि धेरै नघटेकाले विवेकसम्मत् निर्णय गर्नुपर्ने अवस्था रहेको काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताए । निषेधाज्ञा पुरै नखोल्न र लामो दुरीका सवारी साधनलाई अझै एक/डेढ हप्ता खोल्ननहुने सुझावहरू आएको उनले जानकारी दिए ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया