कटारीका आमा–छोरा हत्या प्रकरणका आरोपित १५ दिनमा सार्वजिनक
काठमाडौँ - उदयपुरको कटारी नगरपालिका १० सोरुङ्गछविसेका आमा–छोरा हत्या प्रकरणका आरोपितलाई प्रहरीले सार्वजनिक गरेको छ ।
करिब १५ दिनको लामो अनुसन्धानपछि प्रहरीले आरोपितलाई पक्राउ गरी शुक्रबार सार्वजनिक गरेको हो । शुक्रबार पत्रकार सम्मेलनको आयोजना गर्दै जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख प्रहरी उपरिक्षक हरीहर नाथ योगीले ‘घटनाको सूक्ष्म अध्ययनपछि प्रहरीले आमा–छोरा हत्या प्रकरणका आरोपितलाई पक्राउ गर्न सफल भएको बताए ।
गत भदौ २० गते बिहान पसल भएको घरमा मृत अवस्थामा फेला परेका आमा छोराको हत्या स्थानीय ३२ वर्षका तारा बहादुर मगरबाटै भएको अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ । अभियुक्त तारा बहादुर मगरले धारिलो हतियार प्रयोग गरी घाँटी तथा शरीरको अन्य भागमा समेत प्रहार गरी विभत्स तरिकाले कर्तव्य गरी हत्या गरेको ब्यहोरा खुलेको प्रहरीले जनाएको छ ।
प्रतिवादी मगरको नाममा किटानी जाहेरी दरखास्त समेत परेको हुँदा प्रतिवादीलाई उदयपुर जिल्ला अदालतबाट कर्तव्य ज्यान सम्बन्धी कसुरमा ७ दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको एसपी हरिहर नाथ योगीले जानकारी दिए ।
कटारी नगरपालिका १० सोरुङछबिसेमा ३७ वर्षीया निर्मला थापा र उनका ६ वर्षीय छोरा आरुसलाई आरोपितले धारिलो हतियार प्रहार गरी हत्या भएको थियो । श्रीमान् अशोक थापा ३ वर्षअघि गाउँकै राई थरकी एक महिलासँग दोस्रो विवाह गरेर भारतको राजस्थान पलायन भएका कारण निर्मला गाउँमै सामान्य होटल र किराना पसल चलाउँदै छोरासँग बस्दै आएकी थिइन् ।

गुल्मीमा हावाहुरीबाट ३६ लाखको क्षति

सुत्केरीको हेलिकप्टबाट उद्धार

तीनकुने घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका आरोपीहरू

भारतीयलाई नागरिकता दिलाउने वडाअध्यक्षलाई पक्राउ नगर्दा स्थानीयले जलाए गृहमन्त्र…

तीनकुन घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका १८ जना

तीनकुने घट्ना प्रकरणः यी हुन ४१ जना पक्राउ परेकाहरू ( नाम सहित )

काठमाडौँका यी-यी ठाउँमा भए कर्फ्यूको आदेश

प्रतिक्रिया