नेपालमा भिभो भि४० मोबाइल 'लन्च'
काठमाडौँ - नेपालमा भिभो भि४० मोबाइल लन्च भएको छ । सोल्टीमोडस्थित ह्यात प्यालेसमा शुक्रबार आयोजित एक कार्यक्रममा भिभो मोबाइल नेपालले भिभो भि४० लन्च गरेको हो । राज भाइ सुवाल, करन परियार, प्रज्ञात तिमल्सिना र चाइनिज प्रतिनिधिसहित पाँच जनाले मोबाइल लन्च गरेका हुन् । फिस ट्याकंबाट फोन निकालेर सतप्रतिशत वाटरफ्रुव साे गर्दै नयाँ स्टाइलमा फोन लन्च गरिएको थियो ।
साे कार्यक्रममा चर्चित फोटोग्राफर राजु भाइ सुवालले भिभो भि४० बाट आफूले खिचेका तस्बिरहरू देखाएका थिए । उनले माेबाइलको खुलेर तारिफ गरे ।
६५ हजार ९९९ मूल्यमा बजारमा आएको यो फोनको लागी प्री–बुक गर्दा आकर्षक उपहार पाइने कम्पनीले जनाएको छ । प्री–बुक गर्ने ग्राहकहरूलाई एक सेट इयरबड्स र पहिलो तीन महिना स्क्रिन रिप्लेस्मेन्ट ग्यारेन्टि पाउने छन् । प्री–बुकिङ सेप्टेम्बर २० देखि सेप्टेम्बर २४, २०२४ सम्म खुल्ला रहने जनाइएको छ ।
१२ प्लस २५६ जिबी र्याम भएको यो मोबाइल वाटरप्रुफ मोबाइल हो । १.५ मिटर पानीमुनि ३० मिनेटसम्म राख्दा पनि मोबाइल केही नहुने भिभो नेपालको दाबी छ ।
भि ४० मा व्यवसायिक प्रोटेट सिस्टमसहितको फोटोग्राफीको सुविधा छ । इन्जिनियरिङ कोणबाट हेर्ने हो भने भिभो भि४० व्यावसायिक–स्तरको प्राेटेट फोटोग्राफीको लागि तयार पारिएको कम्पनीको भनाई छ । भिडियो प्रेमीहरूका लागि, जाइस् फोकस ट्रान्जिसनको सुविधाले सिनेमेटिक भिडियो संकलन गर्न मिल्ने बताइएको छ ।
जाइस्को सिनेमेटिक भिडियोमा प्रयोगकर्ताहरूलाई कलात्मक फिल्म निर्माणको लागी २ः३९ः१ आस्पेक्ट रेसियोमा भिडियो खिच्न सकिन्छ । फोटोग्राफी तर्फ भने यसमा एफ्/१.८८ अपर्चर सहितको १/१.५६ इन्चको सामसुङ आइसोसेल जिएनजे सेन्सर भएको ५० मेगापिक्सलको जाइस् ओआईएस् मेन क्यामेरा रहेको छ । जसले कम प्रकाशमा पनि स्पष्ट प्रोटेटहरू खिच्न सक्ने कम्पनीले बताएको छ ।
भिभोको ५५०० एमएएच ब्याट्री भएको अहिलेसम्मकै पातलो फोन भिभो भि४० मा उच्च ‘थ्रीडी कर्भ’ स्क्रिनमा १२० हर्जको रिफ्रेस रेट रहेको कम्पनीले जनाएको छ । जसले यो फोनको आकर्षक दृश्य उत्कृष्टता र टिकाउपनको दुवैको सुनिश्चितता गर्ने कम्पनीको दाबी छ ।
औरा डिजाइनमा बनेको ब्याक क्यामेराले गर्दा यसको ‘लुक्स’ आकर्षक छ । निलो र सेतो मिसिएको चन्द्रमा रङ्गको सेतो, र बैजनी रङ्गको नेबुला पर्पल गरी दुई आकर्षक रङ्गहरूमा मोबाइल उपलब्ध हुने कम्पनीले जनाएको छ । कम्पनीले जनाएअनुसार पहिलो बिक्री सेप्टेम्बर २५, २०२४ मा सुरु हुनेछ ।
मोबाइल लन्च कार्यक्रममा विभिन्न सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो । नेपाल आइडलका करन परियारले गीत गाएर उपस्थितहरूलाई मन्त्रमुग्ध पारेका थिए भने डान्स फिबरको उत्कृष्ट कोरियोग्राफीमा कलाकारहरूले नृत्य गरेर भिभो भि४० को प्रमोसन गरेका थिए ।

हाम्रो पात्रोको नयाँ अपडेट सार्वजनिक, प्रयोगकर्ताको अनुभवलाई अझ स्मार्ट, सहज र …

क्लासिक टेकका पाँच वटा बैंक खाता रोक्का राख्न जिल्ला अदालत मोरङको पत्राचार

अन्ततः अमेरिकी अदालतमा वकिल बनेर उभियो एआई, गर्यो बहस

एआईको चुनौतीबाट बच्न सामसुङलाई ‘गर या मर’ को मानसिकता आवश्यक
एआईको चुनौतीबाट बच्न सामसुङलाई ‘गर या मर’ को मानसिकता आवश्यक

स्पेसएक्सको अहिलेसम्मकै ठूलो अन्तरिक्ष यानको परिक्षण दोस्रो पटक पनि असफल

सन् २०३० सम्म मोबाइल प्रविधिले अर्थतन्त्रको ८.४ प्रतिशत योगदान गर्ने पूर्वानुमान

प्रतिक्रिया