मधेस प्रदेश सभाको तेस्रो अधिवेशन अन्त्य
धनुषा - मधेस प्रदेश सभाको तेस्रो अधिवेशन अन्त्य गरिएको छ । प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसबमोजिम आज राति १२ बजेदेखि लागू हुने गरी चालु तेस्रो अधिवेशन अन्त्य गरेका हुन् ।
प्रदेश प्रमुख भण्डारीले नेपालको संविधानको धारा १८३ को उपधारा (२) बमोजिम चालु तेस्रो अधिवेशन अन्त्य गर्नुभएको प्रदेश प्रमुखको कार्यालयका निमित्त सचिव शत्रुधन यादवले जानकारी दिए ।
गत जेठ २१ गतेदेखि सुरु भएको तेस्रो अधिवेशनमा ३४ वटा बैठक बसेको थियो । चालु अधिवेशनबाट बालिका संरक्षण विधेयक, स्थानीय तहका कर्मचारीहरूको सेवा सुविधाबारे व्यवस्था गर्न बनेको विधेयक तथा मधेस प्रदेशमा खेलकुदको विकास गर्नका लागि बनेको विधेयक प्रदेश सभाको बैठकले पारित गरेको थियो ।

एपेक्स विद्या मन्दिरका शिक्षकले मरनासन्न हुनेगरी कुटे विद्यार्थी

रोकिएन हात्तीको विध्वंश

लहानका अधिकांश पसल बिनादर्ता सञ्चालन

सार्वजनिक जग्गा अतिक्रमण गरे पाँच लाखसम्म जरिवाना

भारत–पाकिस्तान युद्ध : नेपाल-भारत सीमा क्षेत्रमा उच्च सुरक्षा सतर्कता अपनाइँदै

जागिरको प्रलोभन दिएर भारत लैजान लागेको दुई युवती पक्राउ

४४३ बोतल अनरेक्स नामक लागूऔषधसहित दुई जना पक्राउ

प्रतिक्रिया