अध्यक्ष लिङ्देनको नेतृत्वको प्रतिनिधिमण्डल बेलायत प्रस्थान

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वको प्रतिनिधिमण्डल गएराति बेलायत प्रस्थान गरेको छ । पार्टी सम्बद्ध प्रवासी नेपाली एकता समाज (पानस)को कार्यक्रममा सहभागी हुन उनीहरू बेलायत प्रस्थान गरेका हुन् ।
प्रतिनिधिमण्डलमा पार्टी प्रमुख सचेतक ज्ञानेन्द्र शाही, प्रवास विभाग प्रमुख आनन्द अधिकारी, केन्द्रीय सदस्य हिक्मतजङ्ग कार्की र अध्यक्ष लिङ्देनका श्रीमती सीता थापा छन् ।
पानसको आयोजनामा यही असोज ७ र ८ गते लण्डन र स्कटल्याण्डमा हुने कार्यक्रममा उनीहरू सहभागी हुने छन् ।
साथै प्रतिनिधिमण्डलले त्यहाँस्थित उच्च तहका नेताहरुसँग भेटघाट तथा नेपाली समुदायसँग छलफल गर्ने जनाइएको छ । पार्टीका नेता राजाराम श्रेष्ठका अनुसार यही असोज १० गते भ्रमण टोली स्वदेश फिर्ता हुने तालिका छ । -रासस

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया