सार्वजनिक यातायातमा जोरबिजोर र पसल खोल्नै लागेको हो त ? यसो भन्छन् काठमाडौँका सिडिओ
काठमाडौँ : दोस्रो लहरको कोभिड-१९ को संक्रमण बढेपछि काठमाडौँ उपत्यकाका तीनै जिल्लाले वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी गर्ने निर्णय गरेका थिए । आज ( सोमबार) निषेधाज्ञा लागू भएको ६१ दिन पुगेको छ ।
पछिल्लो समय निषेधाज्ञाले सर्वसाधारण तथा आममानिसको जनजीवन कठिन बन्दै गएकाले तीनै जिल्लाका जिल्ला प्रशासान कार्यालयले निषेधाज्ञा खुकुलो बनाउँदै लगेका छन् । निषेधाज्ञा खुकुलो बनाएपछि बिहान ११ बजे खाद्यान्न पसल खोल्ने र बार अनुसार अन्य पसल खोल्न पाइने निर्णय गरिसकेको छ ।
अघिल्लो साता थपेको निषेधाज्ञा आज राति १२ बजे सकिँदैछ । त्यस अगावै निर्णय लिनका लागि काठमाडौँ जिल्ला प्रशाशन कार्यालयमा प्रमुख जिल्ला अधिकारीहरूको बैठक बस्दैछ ।
सार्वजनिक यातायात र खाद्यान्न पसल खोल्ने विषयमा छलफल अघि बढेको काठमाडौँ जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताए । सम्भवःत आजको बैठकले खाद्यान्न पसलको खोल्ने समय बढाइने उनले जानकारी दिए ।
सार्वजनिक यातायात पनि जोरबिजोरमा खोल्ने विषयमा छलफल भइरहेको पराजुलीले जानकारी दिए । निर्माणसामग्री पसल तथा लुगाका पसल र डिपार्टमन्टल स्टोरको खुल्ने समय एउटै रहने उनले जानकारी दिए ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया