हैजा प्रभावित क्षेत्र राजपुरमा डाक्टर ठाकुरको नेतृत्वमा प्रादेशिक अस्पतालको टोली पुग्यो

रौतहट - हैजा प्रभावित क्षेत्र रौतहटको राजपुरमा प्रादेशिक अस्पताल गौरको मेडिकल सुपरिेन्डेन्ट डाक्टर मुरारी ठाकुरको नेतृत्वमा औषधि सहितको टोली पुगेको छ ।
पछिल्लो केही दिनदेखि राजापुर नगरपालिकाका दुई वटा वडामा झाडा पखालाको बिरामीको संख्या बढ्दै गएकाले शनिबार प्रादेशिक अस्पताल गौरका अध्यक्ष महमद अनवर हाशमी, डाक्टर मुरारी ठाकुर, इमर्जेन्सी इन्चार्ज डाक्टर राजेश कुमार सिंह, डाक्टर गोपाल गुप्ता, लगायतको टिम आवश्यक औषधिहरु लिएर स्वास्थ्य चौकी राजपुरमा पुगेको हो ।
राजपूर स्वास्थ्य चौकी पुगेका डाक्टर मुरारीले त्यहाँ रहेका स्वास्थ्यकर्मीसँग बिरामीको अवस्था बारेमा जानकारी लिएका थिए । हैजा प्रभावित क्षेत्रमा स्वस्थ मानिसले खाना खानु अघि, दिशा गरेपछि राम्ररी हात धुनुपर्ने, तातो पानीको प्रयोग गर्नु पर्ने, बासी सडेगलेको, खुला राखिएको खानेकुरा नखानु हुन आग्रह गरिएको छ।
पछिल्लो केही दिन देखि स्थानीय राजपुर नगरपालिका क्षेत्रमा झाडा पखालाको प्रकोप फैलिएको छ । केहीमा हैजाको जस्तो संकेत देखिएको छ। राजपुर ३ र ४ मा झाडा पखालाको प्रकोप फैलिएको छ । सो मध्ये केही बिरामीमा हैजाको जस्तो संकेत देखा परेको हो। बिहीबार, शुक्रबार र आज गरी २२ जना झाडा पखालाका बिरामी उपचार गराउन प्राथमिक स्वास्थ्य केन्द्र राजपुरमा गएका थिए । सो मध्ये ७ जना बिरामीको दिशाको नमुना परीक्षणको लागि प्रादेशिक अस्पताल गौरमा लगिएको थियो । प्रादेशिक अस्पतालमा आरडिटी प्रविधिबाट नमूना परीक्षण गर्दा ६ जनामा पोजेटिभ अर्थात हैजाको किटाणु फेला परेको स्वास्थ्य संयोजक आलमले जानकारी दिए ।
२२ जना बिरामीमध्ये प्राथमिक स्वास्थ्य केन्द्र राजपुरमा महिला १०, बालबालिका ७ र एक जना पुरुष गरी अहिले १८ जना भर्ना गरेर उपचार भइरहेको राजपुरका संयोजक आलमले बताए ।
४ जना उपचारपछि घर फर्किसकेको उनले जानकारी दिए । प्रादेशिक अस्पताल गौरमा आरडिटी टेष्टबाट ६ जनामा पोजेटिभ देखिएको छ । उक्त टेष्ट सत प्रतिशत भरपर्दो नहुँदा नमुनाको कल्चर गराउन जनकपुरधाम पठाइएको मेडिकल सुपरिटेन्डेन्ट डाक्टर मुरारी ठाकुरले बताएका छन् ।

नेशनल बाथरोग सेन्टरले मनायो १२औँ वार्षिकोत्सव, पाँच लाखभन्दा बढी बिरामीलाई स…

धनगढीमा स्पा तथा वेलनेस थेरापी तालिम सुरु,स्पा र वेलनेस क्षेत्रमा अवसर बढ्दै
भारतबाट फर्केका तीन जनामा कोरोना पुष्टि

राष्ट्रिय स्वास्थ्यकर्मी महासंघको अध्यक्षमा डा. सन्तोष पौडेल
मुस्ताङका चार पालिका ‘पूर्ण खोप सुनिश्चितता तथा दिगोपना’ घोषणा

राप्ती प्रादेशिक अस्पतालः अनुमतिभन्दा बढी शय्या सञ्चालनले समस्या

मस्तिष्क मृत्यु भएका व्यक्तिबाट मिर्गौला र कलेजोको सफल प्रत्यारोपण

प्रतिक्रिया