सन् २०३० सम्ममा दिगो विकासका लक्ष्यहरू हासिल हुन्छ - अर्थमन्त्री पौडेल
काठमाडौँ - उपप्रधान एवम् अर्थ मन्त्री विष्णुप्रसाद पौडेलले दिगो विकास हासिल गर्न पूर्वाधार विकास, औद्योगिकीकरण र सहरीकरणलाई तीव्रता दिनुपर्ने बताएका छन् ।
त्रिभुवन विश्वविद्यालय, केन्द्रीय अर्थशास्त्र विभागले शनिबार काठमाडौंमा आयोजना गरेको अन्तर्राष्ट्रिय अर्थशास्त्र सम्मेलन उद्घाटन गर्दै पौडेलले सन् २०३० सम्ममा दिगो विकासका लक्ष्यहरू हासिल गर्नुका साथै न्यून–मध्यम आय भएको मुलुकमा पुग्नुपर्ने र सन् २०४३ सम्ममा मध्यम आय भएको मुलुक बन्ने राष्ट्रिय आकांक्षा रहेको भन्दै यसका लागि पूर्वाधार विकास, औद्योगिकीकरण र सहरीकरणलाई तीव्रता दिनुपर्ने बताएका हुन् ।
विगतमा भएका त्रुटिहरूलाई सच्याउँदै आर्थिक प्रगति र पर्यावरण संरक्षणलाई सन्तुलित रूपमा अगाडि बढाउनुपर्ने उनले बताए । त्यस्तै उनले मुलुकको विकास मोडलले वातावरणीय अनुकुलनता, दिगोपना र समानतालाई प्राथमिकता दिनुपर्नेमा जोड दिए ।
उपप्रधानमन्त्री पौडेलले नेपालले विभिन्न नीति, कार्यक्रम, र पहलहरू मार्फत वातावरणीय र जलवायु चुनौतीहरूको सामना गर्न महत्वपूर्ण कदमहरू उठाएको र तिनलाई अरू प्रभावकारी बनाउन जरुरी रहेको धारणा राखे ।
वित्तीय संस्थाहरूलाई नवीकरणीय ऊर्जा, वातावरण मैत्री पूर्वाधार, र जलवायु अनुकूल कृषि क्षेत्रमा लगानी गर्न प्रोत्साहित गर्नुपर्ने उनको भनाइ छ ।
त्यस्तै उनले इको–पर्यटन, पदयात्रा, र संरक्षण क्षेत्रले रोजगार सिर्जना गर्न, राजस्वमा योगदान पुर्याउन, र भविष्यका पुस्ताहरूको लागि वातावरणलाई संरक्षण गर्न सक्ने उल्लेख गरे ।
जैविक खेती, कृषिवन, र दिगो भूमिको प्रयोग जस्ता अभ्यासहरूले जैविक विविधतालाई सुरक्षित गर्दै कृषि उत्पादनशीलता बढाउन मद्दत पुर्याउने उनको विश्वास छ ।

निरंकुशताको कुरा गर्छ भने त्यो आन्दोलन होईन, अपराध हो: प्रचण्ड

राजेन्द्र लिङदेनसहितका राप्रपा सांसद र नेता रिहा

मतदाता नामावली अद्यावधिक गर्दै निर्वाचन आयोग

‘याक संरक्षणका लागि सङ्गठित प्रयास आवश्यक’
सगरमाथा संवादको तयारीका लागि हिमाली संवाद गरिँदै

एमालेले बैशाख ११ को युवा भेला विशेष हुने

राप्रपा अध्यक्ष लिङ्देनलगायतका नेताहरू सिंहदरबारबाट पक्राउ

प्रतिक्रिया