अमेरिकन र्यापर ‘लिल पम्प’ एलओडीमा आउँदै

काठमाडौँ- अमेरिकन चर्चित र्यापर ‘लिल पम्प’ नेपाल आउने भएका छन् । ठमेलस्थित एलओडी क्लबमा आगामी १६ गते अर्थात अक्टोबर २ मा (बुधबार) हुने कार्यक्रममा उनले आफ्नो प्रस्तुती दिने छन् । उनको सबैभन्दा बढी चर्चित गीत गुजी ग्याङ रहेको छ ।
एलओडी क्लबका सञ्चालक राजु सिंहले लिल पम्पको कार्यक्रमका लागि सम्पूर्ण तयारी पुरा भइसकेको बताए । उनका अनुसार सोही दिन हुने कार्यक्रममा कल्बले शुःल्क लिने व्यवस्था गरेको छ । भिआइपी र सामान्य गरेर टिकटको मूल्य निर्धारण गरिएको छ ।
भिआइपीमा प्रवेश गर्न दर्शकहरूले ३५ सय र सामान्य स्थानमा रहेर हेर्न २५ सय रुपैयाँ तिर्नुपर्ने सिंहले जानकारी दिए । दर्शकहरूले सोही दिनको टिकट खल्ती एपबाट खरिद गर्न सक्ने उनले बताए ।
यसअघि पनि एलओडीमा बलिउड तथा हलिउडका कलाकारले प्रस्तुति दिइसकेका छन् । बलिउडका नेहा कक्कर, अर्मन मल्लिक र इण्डियन आइडल पवनदीप लगायतका गायकहरूले शो गरिसकेका छन् ।
त्यसैगरी, टिम्मी ट्रम्पेट, टोपीक, स्टेबीन बेन, वाल्सी फायर ज्योतिका टंगारी लगायतका कलाकारले समेत प्रस्तुति दिइसकेका छन् ।
एलओडी क्लब ’लर्ड अफ द ड्रिंक्स’ विश्वकै उत्कृष्ट क्लबमध्ये ५० औं स्थानमा परेको क्लब हो । केही समयअघि क्लब पुन: ’डिजे म्याग टप १००’ को नोमिनेसनमा परि छनौटमा परेको हो ।
युकेस्थित डिजे म्यागले छनौट गर्ने सन् २०२४ का लागि सय उत्कृष्ट क्लब क्याम्पियनमा एलओडी क्लबले ५० औं स्थानमा राखेको हो । यसमा पाँच सय क्लब सहभागी भएका थिए ।
डिजे म्यागले हरेक वर्ष विभिन्न मुलुकमा रहेका उत्कृष्ट क्लबहरूको छनौट गर्छ । म्यागमा विश्वभरका सय उत्कृष्ट डिजे क्लबको सहभागी रहने गर्छ ।

संगीत पारखीका लागि 'जुनकिरी'

न्ह्यूको सङ्गीत र मेनुकाको स्वरमा नेपाली क्लासिकल गीत ‘बदमास’ सार्वजनिक

‘नारायणगोपाल युवा संगीत पुरस्कार’ सिवानी मोक्तानले पाइन्

टिकाराम खड्काको शब्द तथा शिव परियारको आवाजमा ‘मलाई जलाउँदा’ सार्वजनिक (भिडि…

‘सर्माइ भागेर’ मा ‘दर्पण छायाँ २’ जोडी पुष्प र सहारा

ब्राजिलियन डीजे 'एलोक' एलओडीमा आउँदै
नाजिर र स्मारिका अभिनित म्युजिक भिडियो ‘पिलेन उडाउनी’ सार्वजनिक

प्रतिक्रिया