मेडिकल व्यवसायी दुर्गा प्रसाईं घरबाटै पक्राउ

काठमाडौँ - मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले पक्राउ गरेको छ । प्रसाईंलाई भक्तपुरमा रहेको उनकै घरबाट पक्राउ गरिएको प्रहरी स्रोतले जनाएको छ ।
विद्युतीय कारोबार ऐन अन्तर्गत पक्राउ पूर्जी जारी भएपछि साइबर ब्यूरोबाट खटिएको टोली र जिल्ला प्रहरी परिसर भक्तपुरको सहयोगमा प्रसाईंलाई पक्राउ गरिएको स्रोतले बतायो ।
भक्तपुरको मध्यपुर थिमी नगरपालिका–६ कमेरोटारमा रहेको उनको घरको गेट नै नखोलेपछि कमाउण्ड नाघेर भित्र प्रवेश गरेर प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।
साइबर ब्यूरोमा उनीविरुद्ध जाहेरी परेको थियो । जिल्ला अदालत काठमाडौंले प्रसाईंलाई पक्राउ गरेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको थियो ।

काठमाडौं महानगरले ल्यायो २५ अर्ब ७६ करोडको बजेट

महिनावारी हुँदा गोठमा सुत्न जाँदा ...

जलवायु परिवर्तनसम्बन्धी अन्तर्क्रिया गुफाडाँडामा

झोलुङ्गे पुल निर्माण गरेपछि यात्राअवधि छोटियो

बाँझो जमिनमा तरकारी उत्पादन गर्दै धर्मराज

खडेरीले सुक्न थाल्यो बेतना सिमसार

चन्द्रागिरिका तीन वडा पहिरोको उच्च जोखिममा

प्रतिक्रिया