अहिलेको उपलब्धिहरूलाई असर नपर्ने गरि संविधान संशोधन गर्न सकिन्छ - नारायणकाजी श्रेष्ठ

काठमाडौँ - नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले अहिलेको उपलब्धिहरूलाई असर नपर्ने गरि संविधान संशोधन गर्न सकिने बताएका छन् ।
संविधान सभा सदस्य परिषद् नेपालले आइतबार सिंहदरबारमा आयोजना गरेको कार्यक्रममा श्रेष्ठले साझा सहमतिको आधारमा उपलब्धिहरूलाई कुनै असर नपर्ने गरि संविधान संशोधन गर्न सकिने बताएका हुन् ।
सबै दलको समझदारीमा हुने संविधान संशोधनमा माओवादीको सहयोग नै रहने उनले बताए । उनले प्रतिगमन मुर्दावाद भनेर मात्रै संविधान र लोकतन्त्रको रक्षा नहुने भन्दै रुपान्तरण, विकास र जीवन पद्धतिमा जनताले खोजेको परिवर्तनको पक्षमा काम गर्नुपर्ने धारणा राखे ।
उनले संविधान संशोधनका क्रममा राष्ट्रियता, परराष्ट्र नीति लगायतका विषयमा सहमति कायम गर्नैपर्ने जिकिर गरे ।

सिंचाई सम्झौता अनुसार भारत सरकारसँग पानी माग्न नसक्नु ओली सरकारको लाचरीपना:…

पार्टी एकीकरणवारे छलफल गर्न घनश्याम पुगे नारायणकाजी निवास

राजसंस्था र हिन्दु राष्ट्रलाई बिदेशीको ईशारामा एम्बुसमा पारियो: कमल थापा

ओलीको नेतृत्वलाई समर्थन गर्नु, राष्ट्रको आवश्यकता : एमाले सचिव लेखराज भट्ट

भारतको उत्तराखण्डमा बेपत्ता भएका नेपालीको खोजी कार्य जारी छः प्रधानमन्त्री ओली

राष्ट्रियसभा बैठक बस्दै, जलस्रोत विधेयक सभा समक्ष पेश गरिने

अर्थसहित पाँच वटा समितिको बैठक बस्दै

प्रतिक्रिया