पूर्व डीआईजी छविलाल जोशीलाई पोखरा पुर्याइयाे

काठमाडौँ - गोर्खा मिडिया नेटवर्कका तत्कालीन सञ्चालक समितिका सदस्य छविलाल जोशीलाई पोखरा पुर्याइएको छ । आइतबार नै बुद्ध एयरको फ्लाइटबाट उनलाई पोखरा पुर्याइएको हो ।
प्रहरी उच्च स्रोतका अनुसार उनलाई जरूरी पक्राउ पुर्जी थमाएर पक्राउ गरिएको थियो। उनलाई सोमबार जिल्ला अदालत कास्कीमा उपस्थित गराउने तयारी छ।
उनलाई सुर्यदर्शन सहकारीको बचत अपचलनसम्बन्धी विषयमा पक्राउ गरिएको स्रोतको भनाइ छ।
सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन समितिले सहकारीको रकम अपचलन गरेको आरोपमा जोशीसहित गोरखा मिडियाका जीबी राई, कुमार रम्तेल र तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेलाई प्रचलित कानुन अनुसार कारवाही गर्न सिफारिस गरेको थियो ।
बर्थडे मनाउने गएका गुन्डा नाइके चक्रे मिलनसहित ४७ जना समातिए

आज राष्ट्रिय कोदो दिवस मनाइँदै

नेपाल इकोसकको अध्यक्षमा निर्वाचित

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

आजको मौसमः तराई मधेसका भू-भागमा भारी वर्षा हुने

ट्याङ्करको ठक्करबाट मोटरसाइकलमा सवार एकजनाको मृत्यु

पानी उमालेर मात्र पिउन उपभोक्तालाई काठमाडौं महानगरको आग्रह

प्रतिक्रिया