धनुषामा हिरासत कक्षबाट ८ थुनुवा फरार

धनुषा- जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासत कक्षको ‘भेन्टिलेशन’ भत्काएर नौ जना थुनुवा फरार भएका छन् ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता रञ्जन अवालेका अनुसार हिरासत कक्षमा रहेका १० जना मध्ये आज बिहान नौ जना थुनुवा फरार भएका हुन् । फरार मध्ये एक जनालाई पक्राउ गरेको उनले जानकारी दिए । फरार सबै थुनुवा लागुऔषध र चोरी मुद्दाका अभियुक्त रहेका बताइएको छ ।
थुनुवाले रड काट्न प्रयोग हुने ‘ह्याक्सो ब्लेड’को प्रयोग गरी भेन्टिलेशन काटेर फरार भएका र ह्याक्सो ब्लेड उनीहरूको पहुँचमा कसरी पुग्यो भन्नेबारेमा अनुसन्धान भइरहेको प्रवक्ता अवालेले बताए ।
प्रहरीले फरार अभियुक्तहरूको नाम सार्वजनिक गरेको छ । प्रवक्ता अवालेका अनुसार फरार हुनेमा अमितकुमार झा, रञ्जित मण्डल, रोशन मण्डल, भास्कर यादव, विशाल मुखिया लागुऔषध मुद्दाका थुनुवा हुन् भने सुमित मेस्तर, मनिष मण्डल र विक्की कार्की अभद्र व्यवहार मुद्दाका अभियुक्त हुन् ।

एपेक्स विद्या मन्दिरका शिक्षकले मरनासन्न हुनेगरी कुटे विद्यार्थी

रोकिएन हात्तीको विध्वंश

लहानका अधिकांश पसल बिनादर्ता सञ्चालन

सार्वजनिक जग्गा अतिक्रमण गरे पाँच लाखसम्म जरिवाना

भारत–पाकिस्तान युद्ध : नेपाल-भारत सीमा क्षेत्रमा उच्च सुरक्षा सतर्कता अपनाइँदै

जागिरको प्रलोभन दिएर भारत लैजान लागेको दुई युवती पक्राउ

४४३ बोतल अनरेक्स नामक लागूऔषधसहित दुई जना पक्राउ

प्रतिक्रिया