प्रहरी महानिरीक्षक कुँवर ग्रीस प्रस्थान
काठमाडौँ- नेपाल प्रहरीका प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर आज मित्रराष्ट्र ग्रीस प्रस्थान गरेका छन् ।
एथेन्समा आयोजना हुने ३८औं अन्तर्राष्ट्रिय लागुऔषधसम्बन्धी कार्यक्रममा सहभागी हुन प्रहरी महानिरीक्षक कुँवर आज त्यसतर्फ प्रस्थान गर्नुभएको केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादर कार्कीले जानकारी दिए ।
उनका अनुसार यही असोज ८ गतेदेखि १० गतेसम्म उक्त सञ्चालन हुने र उक्त सम्मेलनमा प्रहरी वरिष्ठ उपरीक्षक दिनेशकुमार आचार्य समेत सहभागी हुनेछन् ।
प्रहरी महानिरीक्षक कुँवरलाई प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायब महानिरीक्षकहरु लगायत प्रहरी वरिष्ठ अधिकृतहरुले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज विदाइ गरेका थिए ।
प्रहरी महानिरीक्षक कुँवरको अनुपस्थितिमा प्रहरी अतिरिक्त महानिरीक्षक टेकप्रसाद राईले नेपाल प्रहरी प्रधान कार्यालयको दैनिक प्रशासनिक कामकाजको जिम्मेवारी सम्हाल्ने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
बर्थडे मनाउने गएका गुन्डा नाइके चक्रे मिलनसहित ४७ जना समातिए

आज राष्ट्रिय कोदो दिवस मनाइँदै

नेपाल इकोसकको अध्यक्षमा निर्वाचित

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

आजको मौसमः तराई मधेसका भू-भागमा भारी वर्षा हुने

ट्याङ्करको ठक्करबाट मोटरसाइकलमा सवार एकजनाको मृत्यु

पानी उमालेर मात्र पिउन उपभोक्तालाई काठमाडौं महानगरको आग्रह

प्रतिक्रिया