विद्यालयमा गर्मीले विद्यार्थी बेहोस हुन थालेपछि रौतहटमा बिहानमा कक्षा सञ्चालन

रौतहट- पछिल्ला केही दिनदेखि बढ्दो गर्मीका कारण रौतहटका कैयौं विद्यालयको कक्षा कोठामै बिद्यार्थीहरु बेहोस हुन थालेका छन् ।
गर्मीको कारण विद्यार्थी बेहोस हुन थालेपछि अधिकांश विद्यालयमा बिहानको कक्षा सञ्चालन गरिएको छ । अत्याधिक गर्मी बढेका कारण सोमबार स्थानीय राजदेवी नगरपालिकास्थित रहेको श्री माध्यमिक विद्यालय पथरामा ४ जना छात्रछात्राहरू बेहोस भएका थिए ।
जिल्ला शिक्षा समन्वय ईकाइ रौतहटका एक जना अधिकृत उपेन्द्र सिंहका अनुसार गर्मीको कारण अचेत भएका ती विद्यार्थीको मुखबाट सेतो फिज निक्सिएको थियो ।
विद्यालयमा गर्मीबाट बिद्यार्थीहरूलाई बचाउन राजदेवी नगरपालिकामा विद्यालय सञ्चालनको समय बिहानको ६:३० बजे गरिएको सिंहले बताएका छन् । गर्मीकै विद्यार्थीमा समस्या देखिन थालेपछि चन्द्रपुर नगरपालिकाले आज देखि १६ गतेसम्मका लागि बिहान ६ बजेदेखि विद्यालय सञ्चालन गर्न सूचना जारी गरेको छ।
त्यस्तै कटहरिया नगरपालिकाका शिक्षा संयोजक अनिल कुमार निधिले आजदेखि अर्को सूचना नहुन्जेलसम्मका लागि नगरको सम्पूर्ण विद्यालय बिहान ६:३० देखि सञ्चालन गरिएको जानकारी दिएका छन् । त्यस्तै देवाही गोनाही नगरपालिकाले पनि विद्यालय सञ्चालनको समय बिहान ६:३० देखि गरेको श्री माध्यमिक विद्यालय कर्कच गुठीका प्रधानाध्यापक पवन पण्डितले बताएका छन् ।
१८ पालिका रहेको रौतहटका अधिकांश पालिकामा गर्मीबाट विधार्थी बचाउन बिहानमा कक्षा सञ्चालन गरिएको छ ।

मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु

मधेस प्रदेशमा राष्ट्रिय शिक्षा सम्मेलन हुने

वीरगञ्ज नाका हुँदै भित्रिने चार पाङ्ग्रे सवारीसाधनको आयात घट्यो

हात्तीको आक्रमणबाट विष्टको मृत्यु

२०३८ सालदेखि चार पटक शिलान्यास गरेको राजविराज बसपार्क बल्ल सञ्चालनमा

मारवाडी प्रिमियर लिगको उपाधि वीरगञ्ज बासर्सलाई

बलात्कारको अभियोगमा दुई जना पक्राउ

प्रतिक्रिया