खुमलटारमा 'ब्ल्याक टि टक' : रवीन्द्र मिश्रलाई अर्थपूर्ण लागेको प्रचण्डको ७ कुरा

काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता रवीन्द्र मिश्र खुमलटार पुगेका छन् । मंगलबार बिहान प्रचण्डलाई भेट्न मिश्र खुमलटार पुगेका हुन् ।
सोमबार एउटा कार्यक्रममा भेटेर आज बिहान प्रचण्ड निवासमा भेट भएको मिश्रले सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् ।
आफूले प्रचण्डलाई अब देश यस्तो विन्दूमा पुग्यो कि राजसंस्थालाई पुनर्स्थापित नगर्ने हो भने यो देश 'विस्फोटनको अवस्था'तिर उन्मुख हुँदैछ । र त्यतिबेला तपाईंहरूको 'अग्रगमन', नाम र सालिक केही बाँकी नरहने बताएको उल्लेख गरेका छन् ।
प्रचण्डको केहि टिप्पणी अर्थपूर्ण लागेको बताएका छन् ।
मिश्रलाई अर्थपूर्ण लागेको प्रचण्डको ७ कुरा
- यही स्थितिको निरन्तरताबाट अब देश चल्दैन भन्ने निष्कर्षमा म पनि पुगिसकेँ। आजभोलि प्रशिक्षणमा यही भनिरहेको छु ।
- पछिल्लो पटक प्रधानमन्त्री हुँदा नेपालका उद्योगधन्दाहरूको सबै विवरण मागेर हेरेको त पञ्चायतकालमा धेरै राम्रो काम भएको रहेछ । राजा महेन्द्र त गज्जबका 'भिजनरी' राजा रहेछन् ।
- द्वन्द्वका बेला मेरा केही साथी राजसंस्थाबारे पुरै नकारात्मक थिए । म त देशको हित हुन्छ भने राजासँग मिलेरै गए पनि राम्रो हुन्छ भन्ने पक्षमा थिएँ ।
- राजा ज्ञानेन्द्रले पनि २०६२/०६३ को आन्दोलन ताका अलि नरम भइदिएको भए आज परिस्थिति अर्कै हुन्थ्यो ।
- देशमा विदेशी हस्तक्षेप चरम अवस्थामा पुगेको सही हो ।
- अहिले पो प्रधानमन्त्री भएँ । युद्ध गर्दा त मरिन्छ-बाँचिन्छ, थाहा थिएन । देश बनाउनै भनेर सारा गरेको हो । अहिले पनि मेरो भावना देश नै बनाउनुपर्छ भन्ने हो । तर अब यसरी चाहिँ हुँदैन ।
- म अहिले नै तपाईंको विचारसँग सहमत हुने स्थितिमा त पुगेको छैन । तर राति सुत्ने बेलामा सोच्न चाहिँ पर्ने अवस्था छ । 'निरन्तरतामा क्रमभंगता' अत्यावश्यक भइसक्यो ।
'कौसीमा लामो संवाद गरेर तल ओर्लिंदा माओवादी पार्टीका दर्जनौँ साथीहरू प्रचण्डजीलाई पर्खेर बसिरहेका थिए । सतहमा उनीहरू आफ्नो नेता पर्खिरहेका थिए । तर गहिराइमा उनीहरू यो देश कहिले बन्ला र मेरा बालबच्चा/बाबुआमाले सुख पाउलान् भनेर पर्खिरहेका करोडौं नेपालीका प्रतिनिधि पात्र थिए' मिश्रले लेखेका छन् 'उनीहरूको जीवन पर्खिएरै बीतिसकेको छ/बित्नेछ भन्नेमा सम्भवत: उनीहरू अनभिज्ञ थिए । म चाहिँ 'ईश्वर नै स्वर्गबाट झरेर देश बनाइदिन्छु' भने पनि वर्तमान प्रणालीमा यो देश बन्दैन र अझ बिग्रिन्छ भन्नेमा विश्वस्त छु ।'
संघीय संसदका दुवै सदनको बैठक बस्दै

जातीय विभेद र छुवाछूतविरुद्धको अभियानमा एकढिक्का भएर लाग्न जरुरीः सभामुख घि…

छुवाछूत प्रथा उन्मूलन गर्न आफैँबाट सुरुवात गर्नुपर्छः अध्यक्ष दाहाल
छुवाछूत उन्मूलन गर्न सामाजिक तथा सांस्कृतिक रुपान्तरणको आवश्यकता छः उपराष्ट्रपत…

जातीय छुवाछूत तथा विभेदविरुद्ध दृढतापूर्वक उभिनुपर्छ : राष्ट्रपति पौडेल

एक महिनाका लागि ‘राइड सेयरिङ’ कार्यान्वयन स्थगन गर्ने प्रदेश सरकारको निर्णय

प्रधानमन्त्री ओलीले चित्रकार शर्माका कलाकृति अवलोकन गरे

प्रतिक्रिया