सातै प्रदेशका पर्यटन मन्त्रीहरूको भेला पोखरामा

गण्डकी - पर्यटनको राजधानी पोखरामा बुधबार संघीयसहित सातै प्रदेशका पर्यटन मन्त्रीहरूको भेला हुने भएको छ ।
विश्व पर्यटन दिवसको अवसर पारी पोखरामा पर्यटन मन्त्रीहरूको भेला हुन लागेको हो । संघीय मन्त्रीसहित सबै प्रदेशका मन्त्रीहरू आज साँझसम्म पोखरा आइपुग्ने गण्डकी प्रदेशका पर्यटन सचिव कुमानसिंह गुरुङले जानकारी दिए ।
उनका अनुसार बुधबार बिहान नेपाल सरकारका पर्यटन मन्त्री बद्रीप्रसाद पाण्डेको अध्यक्षतामा सातवटै प्रदेशका पर्यटन मन्त्रीहरू सम्मिलित विषयगत समितिको बैठक बस्ने भएको छ । बुधबार दिउँसो गण्डकी प्रदेशका पर्यटन मन्त्रीको अध्यक्षतामा संघीय मन्त्री, मुख्यमन्त्री र सबै प्रदेशका पर्यटन मन्त्री एवम् पर्यटनसम्बद्ध संघसंस्थाका प्रतिनिधिको सहभागितामा ‘पोखरा पर्यटन राजधानी नीति संवाद’ कार्यक्रम हुने उनले जानकारी दिए ।
संघीय पर्यटनमन्त्री र गण्डकी प्रदेशका मुख्यमन्त्रीले सम्बोधन गर्नुहुने उक्त कार्यक्रममा निजी क्षेत्र पोखरा पर्यटन परिषद्, पोखरा महानगरपालिका र गण्डकी प्रदेश सरकारका तर्फबाट कार्यपत्रसमेत प्रस्तुत गरिने कार्यक्रम रहेको छ ।

पर्यटकका पर्खाइमा म्याग्दीको टिकोट

हिमतालको जोखिम घटाउन जिसिएफको रु पाँच अर्ब अनुदान

नेपाल ‘सोलो एड्भेन्चर ट्राभल’ सूचीको सातौँ नम्बरमा

चितवन राष्ट्रिय निकुञ्जमा जीप सफारी बन्द

‘वाटरपार्क’मा पर्यटन प्रवर्द्धन ठप्प

मेघौलीमा हाइ-एन्ड पर्यटक लक्षित गर्दै १२ विघामा 'सिद्धार्थ वाइल्डलाइफ रिट्रिट' स…

पोखरा-जोमसोम हवाई उडान दुई महिनाका लागि बन्द

प्रतिक्रिया