नुवाकोटको तारकेश्वरमा पोके व्यापारीलाई ‘नो एन्ट्री’
नुवाकोट – तारकेश्वर गाउँपालिकाले आफ्नो क्षेत्रलाई पोके व्यापारी निषेधित क्षेत्र घोषणा गर्दै ठगी, चोरी, र म्याद गुज्रिएका सामानको बिक्रीवितरणलाई पूर्णतः प्रतिबन्ध लगाएको छ। गाउँपालिकाका अध्यक्ष शिव अधिकारीले शुक्रवार एक विज्ञप्ति जारी गर्दै पालिकाभित्र घुमन्ते र पोके व्यवसायीहरूलाई प्रवेश निषेध गरिएको जानकारी दिए।
पोके व्यापारीबाट स्थानीय जनताले निरन्तर ठगी, गुणस्तरहीन सामानको बिक्री र चोरीका घटनासँग जुध्नुपरेको भन्दै गाउँपालिका क्षेत्रभित्र यस्ता गतिविधि रोक्न सशक्त कदम चालिएको अधिकारीले बताए। "गाउँपालिकामा व्यापार गर्न चाहने सबैलाई कर कार्यालय र स्थानीय तहमा अनिवार्य दर्ता गर्नुपर्ने व्यवस्था गरिएको छ," उनले भने।
यस्ता गतिविधिले बासिन्दा र व्यवसायीलाई सताइरहेको र तिनको अनुरोधमा पोके र घुमन्ते व्यापारीहरूलाई पालिका प्रवेशमा प्रतिबन्ध लगाइएको अध्यक्ष अधिकारीले बताए। नियमको अवज्ञा गर्नेहरूलाई कानुनअनुसार कडा कारवाही गरिने जानकारी दिँदै उनले प्रहरी चौकीहरूलाई पनि आवश्यक निर्देशन दिइ सकिएको बताए।
पालिका क्षेत्रभित्र पोके व्यापारलाई नियन्त्रणमा लिन पहिलोपटक चेतावनी दिइने र अटेर गर्नेहरूमाथि जरिवाना तथा कारवाही प्रक्रिया थालिने समेत गाउँपालिकाले जनाएको छ।

माछा मार्न गएका युवकलाई गोहीले लियो ज्यान

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

ललितपुर महानगरपालिका पूर्णखोप सुनिश्चित स्थानीय तह

चितवनमा परीक्षण गरिएका सबै फार्मको महमा पौष्टिक तत्त्व भरिपूर्ण

बागमतीमा पन्ध्र चालक र सहचालक सम्मानित
चितवनमा ‘परियार समुदायको सङ्ग्रहालय’ निर्माण गरिने

पाँचखालवासीलाई निःशुल्क रगत

प्रतिक्रिया