रविन्द्रको प्रकाशमानलाई चुनौती: एक्लै-एक्लै फाइट गर्ने ?
काठमाडौँ - राप्रपाका उपसभापति रविन्द्र मिश्रले काँग्रेस नेता तथा कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहलाई चुनौती दिएका छन् । उनले निर्वाचनमा एक्लै एक्लै फाइट गर्ने हो भन्दै चुनौती दिएका हुन् ।
एक्लै - एक्लै लडेको भए सिंहलाई दुवै पटक आरामले हराइदिने उनले ठोकुवा गरे । आज सामाजिक सञ्जाल फेसबुकमा लेख्दै मिश्रले सिंहले सबै हतकण्डा अपनाएर अर्काको बुइ चढेर चुनाव जितेको आरोप लगाए । उनले भने, 'एक्लै-एक्लै लडेको भए मैले तपाईँ (प्रकाशमान सिंह) लाई दुबै पटक आरामले हराइदिन्थेँ। तर के गर्ने सबै हतकन्डा अपनाएर, अर्काको बुइ चढेर जित्नुभयो। त्यो पनि बल्लबल्ल थोरैथोरै मार्जिनले।'
अनाथ बालबालिकाको 'बाल मन्दिर' नै ध्वस्त पार्ने आरोप लागेकी दिदी रिता सिंह वैद्यलाई बचाऊ गर्न "मुद्दा नै ढिसमिस गर्न खोजेको समाचारहरू आएपछि मिश्रले यस्तो लेखेका हुन् । उनले सिंहलाई हराएको दिननै देशमा परिवर्तनको संकेत आउने बताए । 'जुन दिन म तपाईँलाई हराउँछु नि, त्यस दिन बल्ल यो देशको वास्तविक रूपान्तरणको शंखनाद हुनेछ', उनले भने ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया