चट्याङले मोरङको रंगेलीमा एकको ज्यान लियो, अर्कोको अवस्था गम्भीर
मोरङ – मोरङको रंगेलीमा चट्याङले एक महिलाको ज्यान लिएको छ भने अर्की युवती गम्भीर घाइते भएकी छिन्। मंगलबार दिउँसो अचानक परेको चट्याङले रंगेली नगरपालिका-९ की ४५ वर्षीया साक्रो हेमरनको मृत्यु भएको हो।
इलाका प्रहरी कार्यालय रंगेलीका डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतका अनुसार धानखेतबाट घाँस काटेर घर फर्किंदै गर्दा हेमरनलाई चट्याङ लागेको थियो।
दिउँसो १२:३० बजे चट्याङ परेपछि उनको घटनास्थलमै मृत्यु भएको थियो। प्रारम्भिक अनुसन्धानमा उनको शव क्षतविक्षत अवस्थामा फेला परेको र टाउकाको बायाँ भागको कपाल जलेको पाइएको छ। “गर्मी छल्न ओढेको छाता चट्याङ लागेपछि टुक्राटुक्रा भएको थियो, छाताको डन्ठीसमेत पग्लिएको अवस्थामा फेला परेको छ,” डीएसपी बस्नेतले भने।
घटनाको अनुसन्धान र कानुनी प्रक्रिया पूरा गरी उनको शवलाई पोस्टमार्टमका लागि रंगेली अस्पताल पठाइएको छ।
यस्तै, सोही घटनामा २२ वर्षीया विनिता हेमरन पनि चट्याङ लागेर गम्भीर घाइते भएकी छन्। प्रहरीका अनुसार घाँस काटेर फर्किंदै गर्दा उनलाई कानबाट रगत बगिरहेको अवस्थामा उद्धार गरी रंगेली अस्पताल लगिएको छ। डीएसपी बस्नेतका अनुसार, विनिताको अवस्था हाल मध्यम छ।

शर्मिला वाइबा पक्राउ

पोखरामा लागुऔषध कारोबारी बढ्दै

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

डाँका तथा कर्तव्य ज्यान कसूरमा संलग्न ९ जना पक्राउ

आत्महत्या दुरुत्साहनमा श्रीमानसहित सासूससुरा पक्राउ

सशस्त्र प्रहरीका ७७ जना अधिकृतको बढुवा सिफारिस

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

प्रतिक्रिया