निर्माण कार्य गर्दा मापदण्ड पूरा नगर्नेलाई ५ हजारदेखि ५ लाखसम्म जरिवाना

काठमाडौँ - काठमाडौँ महानगरपालिकाले निर्माण कार्य गर्दा मापदण्ड पूरा नगर्नेको हकमा जरिवाना तोकेको छ । महानगरले एक सूचना जारी गर्दै तोकिएको मापदण्ड पूरा नगर्नेको हकमा जरिवाना तोकेको हो ।
महानगरले ५ हजारदेखि ५ लाखसम्म जरिवाना तोकेको छ । निर्माणजन्य फोहोरमैला सडक वा अन्य सार्वजनिक स्थानमा राख्ने फाल्ने वा थुपार्ने कार्य गरेमा २५ हजार जरिवाना तोकिएको छ । दोस्रोपटक यस्तो भेटिएमा थप २५ हजार थपिएर ५० हजार जरिवाना महानगरले तोकेको हो ।
यस्तै सवारी साधन वा व्यक्तिले बाटोमा माटो बालुवा तथा हिलो खसाली फोहोर गरे/गराएमा ५ हजारदेखि ५० हजार जरिवाना तोकिएको छ । यस्तै अनुमति विना सडकपेटीमा अतिक्रमण गरी निर्माण सामग्री राखेमा १५ हजारदेखि ५० हजारसम्म तोकिएको छ । यस्तै निर्माण कार्य गर्दा तोकिएको मापदण्डमा नगरेमा ५० हजारदेखि ५ लाखसम्म जरिवाना तोकेको छ ।

बागमतीका मुख्यमन्त्री बानियाँलाई मत दिन कांग्रेसको ह्वीप

प्राकृतिक देवता मान्दै भ्यागुतालाई भात

बागमतीका मुख्यमन्त्री बानियाँले २७ साउनमा विश्वासकाे मत लिने

सहरमा बस्नेलाई शिविरमार्फत सेवा !

निःशुल्क रगत उपलब्ध गराउन दुई करोडको अक्षयकोष

श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ

मत्स्य केन्द्र कुलेखानीद्वारा ६ लाख १७ हजारको माछा बिक्री

प्रतिक्रिया