अखिल क्रान्तिकारीका उपाध्यक्ष पवन कार्कीले अध्यक्ष पदमा उम्मेदवारी दिने

काठमाडौँ - अखिल क्रान्तिकारीका उपाध्यक्ष पवन कार्कीले अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । उनले आफ्नो उम्मेदवारी संगठनलाई विधि र विधानमा हिँडाउनका निम्ति भएको बताएका छन् ।
उनले विद्यार्थी आन्दोलनको पुनर्जीवनका लागि अखिल (क्रान्तिकारी) को पुनर्गठन आवश्यक रहेको उल्लेख गरेका छन् ।
अखिल क्रान्तिकारीको २३ औं राष्ट्रिय सम्मेलन असोज १० बाट सुरु हुँदैछ । सम्मेलनको उद्घाटन माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल 'प्रचण्ड'ले गर्दैछन् ।
अध्यक्ष पदमा नरेश रेग्मी, दीपेश पुन, मदन भुल, मदन भट्टराई, केशव रावल, क्षितिज सापकोटा, प्रविणा अधिकारी, जीपी मैनाली लगायतले दाबी गरेका छन् ।

विराटनगर एमालेमा ओली समूह पत्तासाफ, गिरीको प्यानलै विजयी
रास्वपाले तोक्यो ७ वटै प्रदेश इन्चार्ज (सूचीसहित)
रास्वपाको महाधिवेशन फागनु ७ देखि चितवनमा हुने

प्रचण्डले भनेर सरकार ढल्ने वा नढल्ने भन्ने हुन्न : कांग्रेस

केन्द्रीय समिति बैठकमा रास्वपाको सहमहामन्त्री पदबाट राजीनामा दिने सुमना श्रेष्ठ…

प्रतिक्रिया