माओवादीद्वारा प्रदेश–१ सभा बैठक अबरुद्ध

काठमाडौँ : नेकपा माओवादी केन्द्रले प्रदेश–१ को प्रदेशसभा बैठक अबरुद्ध गरेको छ । प्रदेश १ सरकारका भौतिक पूर्वाधार विकासमन्त्री अम्बिरबाबु गुरुङले रोष्ट्रमबाटै माफी माग्नुपर्ने माग गर्दै माओवादी केन्द्रले प्रदेशसभाको सोमबारको बैठक अबरुद्ध पारेको हो ।
विनियोजन विधेयकमाथि मन्त्रालयबारे सदनमा उठेका प्रश्नको जवाफ दिने क्रममा आइतबार मन्त्री गुरुङले माओवादी सांसद मोहनकुमार खड्काको नाम लिएर अमर्यादित टिप्पणी गरे । सोमबारको बैठक सुरु हुनेबित्तिकै माओवादी केन्द्रका सांसदहरू उठेर विरोध जनाएपछि सभामुख प्रदीपकुमार भण्डारीले बोल्न समय दिएका थिए ।
माओवादी केन्द्र संसदीय दलका उपनेता रामकुमार राईले मन्त्रीले रोष्ट्रमबाटै माफी मागेर उहाँको अभिव्यक्ति रेकर्डबाट नहटाएसम्म सदन अवरोध जारी रहने बताए । मन्त्रीको अमर्यादित प्रस्तुति भन्दै माफी माग्नुपर्ने र मन्त्री गुरुङको भनाइ संसदको रेकर्डबाट हटाउनुपर्ने उनले माग गरे ।
मन्त्री गुरुङले आइतबार बोल्ने क्रममा सभामुखले भनाइ टुंग्याउन चार पटक रुलिङ गर्दा पनि लगातार सांसद खड्कामाथि गालीगलौजमा उत्रिएका थिए । माओवादी दलका उपनेता राईले मन्त्रीले माफी नमागेसम्म बैठक अबरुद्ध हुने भनेपछि सभामुखले बैठक भोलिसम्मका लागि स्थगित गरे ।

मेचीनगरमा ‘अफ्रिकन स्वाइन फ्लू’ र ‘लम्पी स्किन’को सङ्क्रमण पुष्टि
भोजपुरको वाक्चाखामा ‘जाल्पादेवी गुराँस पदमार्ग’ निर्माण

सवारी दुर्घटनामा मृत्यु

कोशी प्रदेश ‘पान उत्कृष्ट नगरपालिका पुरस्कार–२०८२’ हलेसी तुवाचुङलाई

पोखरीमा डुबेर दुई बालकको मृत्यु

पाँच करोड राजस्व सङ्कलन

बेपत्ता सुरक्षाकर्मीको खोजीमा एसएसपीको टोली परिचालन, एक जनाको शव भेटियो

प्रतिक्रिया