घर जान लागेका प्रधानन्यायाधीशले न्यायाधीश नियुक्ति गर्न लागेको भन्दै बारको विरोध

काठमाडौँ - घर जान लागेका प्रधानन्यायाधीशले न्यायाधीश नियुक्ति गर्न लागेको भन्दै नेपाल बार एसोसिएसनले विरोध जनाएको छ ।
बुधबार बार परिसर रामशाह पथमा विरोध सभा गर्दै नेपाल बारले गैर संवैधानिक संशोधित नियमावली बमोजिम न्यायाधीश नियुक्ति नगर्न पटक पटक ध्यानाकर्षण गराउँदा पनि घर जान लागेका प्रधानन्यायाधीशले न्यायाधीश नियुक्ति गर्न लागेको भन्दै विरोध जनाएको हो ।
न्यायाधीशहरूको वरीयतालाई उथलपुथल पार्दै न्याय परिषद्को गरिमालाई घटाउने कुनै काम नगर्न बारले ध्यानाकर्षण गराएको छ ।
त्यस्तै बारले न्याय परिषद् नियमावलीमा भएको गैर संवैधानिक र गैर न्यायिक संशोधन तत्काल खारेज गर्नुपर्ने माग राखेको छ ।
नेपाल बारका अध्यक्ष गोपाल कृष्ण घिमिरेले घर जान लागेको प्रधानन्यायाधीशले हिसाब किताब मिलाउनका लागि छिटो छिटो न्यायाधीश नियुक्त गर्न लागेको आशंका व्यक्त गरे ।
नियमावली संशोधनको विवाद यथावत् राखेर गर्न लागिएको न्यायाधीश सिफारिस रोकिनुपर्ने भन्दै उनले गैर संवैधानिक कामलाई बारले हेरेर मात्रै बस्न नसक्ने स्पष्ट पारे । नेपाल बारले न्यायालयमा व्याप्त भ्रष्टाचार, विकृति, विसंगति अन्त्य गरि न्यायिक स्वच्छता कायम गर्न पनि माग गरेको छ ।

६० किलो सुन तस्करी प्रकरण : अमला रोकालाई धरौटीमा छाड्न आदेश

उच्च अदालतका लागि ४ न्यायाधीश सिफारिस

न्यायाधीशलाई मोसो दल्नु न्यायपालिकामाथि आक्रमण : न्यायाधीश समाज

राजावादीको तीनकुने घटना : दुर्गासहित ७ जना थुनामा, ३२ जना धरौटीमा रिहा (…

सर्वोच्चले ५२ संवैधानिक पदाधिकारीविरुद्धको निर्णय असार १८ गते सुनाउने
आयोगले एकैसाथ तीन मुद्दा दायर गर्यो

प्रतिक्रिया