बार्सिलोनाको अफरपछि गोलकिपर स्जेस्नीले तोडे सन्यास

काठमाडौँ- पोल्याण्डका पुर्व गोलकिपर वोज्सिच स्जेस्नीले सन्यास तोडेर बार्सिलोना जाने भएका छन् ।
बार्सिलोनाका नियमित गोलकिपर टेर स्टेगेन घाइते भएपछि बार्सिलोनाले युभेन्टसका पुर्व गोलकिपर स्जेस्नीलाई भित्र्याउने निश्चित भएको हो । स्जेस्नीले बार्सिलोनाको अफरलाई स्वीकार गर्दै आफ्नो सन्यास तोडेका छन् । उनले बार्सिलोनासँग एक बर्षको सम्झौता गरेको र उनको मेडिकलको तयारी भएको बताइएको छ ।
३४ वर्षीय स्जेस्नीले गत अगस्तमा फुटबलबाट सन्यास लिएका थिए । उनले युभेन्टसका लागि सात सिजनमा २५२ खेल खेलेका थिए भने पोल्याण्डका लागि सन् २००९ देखि सन् २०२४ सम्म ८४ खेल खेलेका थिए ।

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

म्यानचेस्टर युनाइटेड ३-० को जितमा

प्रतिक्रिया