स्वावलम्बन विकास केन्द्रको २९ औँ साधारणसभा सकियो
काठमाडौं : शुक्रबार स्वावलम्बन विकास केन्द्रको २९औं साधारणसभा सम्पन्न भएको छ । कोरोना महामारीका कारण केन्द्रले आफ्नो साधारण सभा अनलाईन माध्यमबाट सम्पन्न गरेको हो ।
सभाले उद्यमशीलता प्रवद्र्धन र पर्यावरण मैत्री गाउँ विकास गर्न पहल गर्ने लगायतका निर्णयहरु गरेको छ । सभामा केन्द्रका अध्यक्ष शंकर मान श्रेष्ठले केन्द्रको आर्थिक बर्ष २०७६।७७ को आय ब्यय विवरण तथा कार्य प्रगति विवरण सहितको प्रतिवेदन प्रस्तुत गरेका थिए ।
केन्द्रले गत आर्थिक बर्ष २०७६/७७मा लघुवित्त संस्थाका पदाधिकारी तथा कर्मचारीहरुको क्षमता तथा दक्षता अभिबृद्धि गर्न विभिन्न विषयमा ७ वटा तालिम, २० वटा गोष्ठि तथा अन्तर्राष्ट्रिय स्तरमा लघुवित्तमा भएका नयाँ-नयाँ कार्य प्रणाली वारे जानकारी गराउन ६ वटा अन्तर्राषि्ट्रय अध्ययन अवलोकन भ्रमणहरुको आयोजना गरेको थियो । जसबाट विभिन्न लभुवित्त संस्थाका ८८० जना पदाधिकारी तथा कर्मचारीहरु लाभान्भित भएका थिए ।
श्रेष्ठले आर्थिक बर्ष २०७६।७७मा 'स्वच्छ लघुवित्त हाम्रो अभियान'को सन्देश गाउँ स्तर सम्म पुर्याउन सुदुरपशि्चम प्रदेश र लुम्बिनी प्रदेशमा प्रदेश स्तरीय लघुवित्त सदस्य सम्मेलन सम्पन्न गरेको र जसमा २०९ महिला र ५७ जना पुरुष गरी २६६ जना सहभागी रहेको तथ्य प्रस्तुत गरेका थियो । यसैगरी केन्द्रले दुईवटा कार्य विवरण र तीनवटा अध्ययन प्रतिवेदन तयार गरेको जानकारी दिए ।
प्रतिवेदन प्रस्तुतीका क्रममा अध्यक्ष शंकरमान श्रेष्ठले आगामी दिनमा गरीब, विपन्न तथा पिछडीएका समुदाय र महिलाहरुको जीवनस्तर उकास्न लघुवित्त संस्थाहरु मार्फत पहल गर्ने बताए ।

रिलायन्स र चौधरी ग्रुपको सहकार्यमा नेपालमा क्याम्पा कोला उत्पादन

इनड्राइभले काठमाडौँमा ‘ड्राइभर्स मिट एण्ड ग्रिट‘ आयोजना गर्यो

डीएस ग्रुपको क्याच मसला अब नेपाली बजारमा, स्थानीय भान्सामा विश्वसनीय स्वादको प्…

बाल स्वास्थ्यका लागि साझेदारी गर्दै पठाओ नेपालको आर्थिक सहयोग

बोश नेपालले ल्यायो डिजिटल लोयल्टी कार्यक्रम ‘हाम्रो बोश’, मेकानिकलाई फाइदै फा…

दराजद्वारा ७.७, 'ह्वाट द फ्ल्याश' सेलको घोषणा

एनसेलले अब ९७१ रेन्जको मोबाइल नम्बरहरू उपलब्ध गराउने

प्रतिक्रिया